शिव सुवेदी, दुबई
गायीका ममता गुरुङको पहिलो एल्बम पोखरेली कान्छीको भिडियो सावजनिक भएको छ । उक्त म्युजिक भिडीयो संग्स नेपालबाट बिहिबार देखी युटुबमा सार्वजनिक भएको छ । ममता गुरुङको सब्द संगीतमा गायक पुस्कर सुनुवारको सुमधुर आवाजले सजिएको गीतमा स्वयम् ममता गुरुङ र राम शरणको अभिनय रहेको छ । अभिनयमा दुबैजना नया भएता पनि उनिहरुको प्रयास भने निकै उत्कृष्ट देखीएको छ । युएइको चर्को गर्मीमा छायांकन गरेको गरिएको उक्त गितको बजार ब्यबस्थापन एभरेस्ट ग्यालरीको गरेको छ ।
बिजयराम लामाको छायांकनमा युएईको जुमेराह, क्रिक पार्क लगाएतका ठाउमा भिडियोको छायांकन गरिएको थियो ।’यो मेरो पहिलो प्रयास हो र अर्को गीतको पनि भिडियो खिच्ने काम सकेर सम्पादनमा रहेको छ’- गीतकार ममता गुरुङले नेपालीको आवज अनलाईन संगको कुराकानीमा जानकारी दिईन । साथै उनले आउदा दिनहरुमा कमि कमजोरीलाई सच्याउदै जाने र आम जनताबाट सकारात्मक या नकारात्मक दुवै प्रतिक्रियाको अपेक्षा रहेको पनि जानकारी दिईन ।