बिपीन शर्मा आचार्य
असार ५, रत्ननगर
रत्ननगर १४ पिठुवामा १५ दिने आधारभुत हाउस वायरिङ्ग तालिम तथा सार्वजनिक सुनुवाई कार्यक्रम आईतबार सम्पन्न भएको छ। रोजगारिमुलक तथा आयमुलक तालिम उपभोक्ता समितिद्धारा आयोजित बिपन्न वर्ग लक्षित कार्यक्रम अन्र्तगत तालिम आयोजना गरिएको हो । पिठुवा सेवा केन्द्रका प्रमुख चन्द्रमणी आचार्यको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो । उत्तम घिमिरे र हरिसचन्द्र मगरले दिनुभएको सो प्रशिक्षण कार्यक्रममा उत्कृष्ठ चार प्रशिक्षार्थीलाई पुरस्कृत पनि गरिएको थियो । कार्यक्रममा समिति कोषाध्यक्ष सलिना भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने समितिका सचिव विमल खत्रिले सुझाव प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा नागरिक वडा मन्चकी अध्यक्ष विष्णु भण्डारीले यस आर्थिक वर्षको ठुलो बजेटको कार्यक्रम सफलतापुर्वक सम्पन्न गरिएकोमा समितिलाई धन्यवाद दिनुभएको थियो । समितिका अध्यक्ष भुवन सिंह थापा मगरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न संघ संस्था तथा राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा समितिका सदस्य ईन्द्र बहादुर थापा मगरले स्वागत मन्तव्य राख्नु भएको थियो ।
IMG_20160619_143927
IMG_20160619_150510

IMG_20160619_150504

तपाईको प्रतिक्रिया