
असार ७, रत्ननगर
लायन्स क्लव अफ चितवन राईनो सिटीको स्थापना दिवसको अवसरमा सोमबार चार्टर रात्री तथा अवार्ड वितरण कार्यक्रम गरिएको छ । कार्यक्रममा लायनहरुको पारिवारिक भेटघाट एवम् लायन्सको विभिन्न गतिविधिमा उल्लेखनीय योगदान गर्ने सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । बर्ष २०१५÷२०१६ का अध्यक्ष वेद प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशिराम गैरे, संस्थापनक मेयर नारायण वन, संस्थाका संस्थापक अध्यक्ष रामकुमार तिवारी, पूर्व अध्यक्ष राजाराम रेग्मी, निरज श्रेष्ठ, लायन्स क्लव अफ चितवन सौराहाका अध्यक्ष प्रकाशचन्द्र भट्टाई, एरिया चिफ शुरेस श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै आठौं स्थापना दिवसको अबसरमा आयोजित कार्यक्रममा लायन्स अफ दि इयर बाट युग बहादुर थापालाई अवार्ड प्रदान गरिएको थियो । सो क्लवले विभिन्न सामाजिक उत्तरदायित्व अन्र्तगत विपन्न बस्तीमा छात्रबृत्ती, असहाय केन्द्रमा सहयोग,भूकम्प पीडितलाई आर्थिक सहयोग, एसएलसीमा उत्कृष्ट छात्रछात्रालाई सम्मान एवम् गैंडा दिवसको अबसरमा सचेतना मुलक कार्यक्रम समेत गर्दै आएको संस्थाका अध्यक्ष वेद प्रसाद आचार्यले बताए । कार्यक्रम संस्थाका प्रथम उपाध्यक्ष उमेश गिरीले सञ्चालन गरेका थिए ।

















