महेश पाण्डे
असार १४, रत्ननगर
रत्ननगर १ मा रहेका दुईवटा टोल बिकास संस्था ब्रमस्थान टोल बिकास संस्था र श्रीरामपुर टोल बिकास संस्थामा घरेलु फोहोर ब्यवस्थापन तथा बाल क्लब गठन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा रत्ननगर नगरपालीकाका सामाजिक बिकास शाखा प्रमुख तेजेन्द्र नाथ लामीछाने रहेका थिए । त्यस्तै बिशिष्ट अतिथीमा वातावरण बिद सन्ध्या रिजाल अन्य अतिथीहरुमा वडा नागरिक मंञ्चका सह–संयोजक शालिकराम पराजुली, वडा नागरिक मंञ्च ब्यवस्थापन समितीका सदस्य बाबुराम गौतम, रत्ननगर १ का वडा सचिव सुर्य प्रसाद ढुङ्गाना, श्रीरामपुर टोल बिकास संस्थाका अध्यक्ष सानुकाजि घिमीरे, वडा नागरिक मञ्चकी सदस्य भागीरथी चौधरी, श्रीरामपुर टोल बिकास संस्थाका कोषध्यक्ष शुभद्रा चौधरी, ब्रमस्थान टोल बिकास संस्थाका सचिव राजन आचार्य, ब्रमस्थान टोल बिकास संस्थाका कोषाध्यक्ष प्रमिला दहाल, पत्रकार महेश पाण्डे, रामु आचार्य लगाएतका रहेका थिए । कार्यक्रममा बोल्ने अधिकांश अतिथीले आफ्नो घरबाट निस्कासन हुने फोहोरमैलाको वर्गीकरण गरी जलाउन हुने र नहुने गरी छुट्याउनु पर्नेमा जोड दिदै बालक्लब गठनसंगै बालबालीकाको क्षमता बृद्धीहुने समेत बताएका थिए । उक्त कार्यक्रममा बालक्लब गठनसंगै बालबालीकालाई नगरपालीकाको तर्फबाट खेलकुद सामाग्री समेत बितरण गरिएको थियो । श्रीरामपु टोल बिकास संस्थाका अध्यक्ष सानुकाजी घिमीरेले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम ब्रमस्थान टोल बिकास संस्थाका अध्यक्ष योगराज सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।