वेद प्रसाद आचार्य
१५ आषाढ, खैरहनी, चितवन
चितवनमा धमाधम लायन्स क्लब खुल्दै गएका छन् । पूर्वी चितवनको अग्रणी रुपमा रहेको लायन्स क्लब अफ चितवन राइनो सिटीले विश्वकै दोस्रो ठूलो सामाजिक संस्था लायन इन्टरनेशनल मार्फत् समाजमा रहेका अति विपन्नवर्ग तर्फ लक्षित मानवीय सेवामा आवद्ध गराउने लायनबादको सिद्धान्तलाई आत्मसाथ गर्दै सेवा गर्ने हात र मनहरुलाई संगठित रुपमा परिचालित गराउदै लाने उद्देश्य सहित खैरहनी नगरपालिकामा लायन्स क्लब अफ चितवन खैरहनीको स्थापना गराएको छ । लायन्स क्लब अफ चितवन राइनो सिटीका वर्ष २०१५ र १६ का अध्यक्ष लायन वेद प्रसाद आचार्यको अध्यक्षता तथा जोन ३४ का जोन चियरपर्सन लायन निरज श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट उक्त नयां क्लब स्थापना भएको हो । उक्त भेलाले नवस्थापित क्लबको अध्यक्षमा मुक्ति कंडेल ,सचिवमा सुनिल शर्मा र कोषाध्यक्षमा बिक्रम खड्कालाई चयन गरेको छ । लायन्स क्लब अफ चितवन राइनो सिटीका वर्ष २०१६ र १७ का लागि निर्वाचित अध्यक्ष लायन उमेश गिरीले संचालन गर्नुभएको सो नयां क्लब गठन तथा अभिमुखिकरण कार्यक्रममा लायन्स क्लब अफ चितवन राइनो सिटीका कोषाध्यक्ष लायन ओम सापकोटा , सहसचिव लायन युग थापा , टेल ट्विस्टर लायन विश्वास रायमाझी लगायतले लायनवादका विषयमा बोल्नुभएको थियो । गत सातामात्रै लायन्स क्लब अफ चितवन राइनो सिटीले कालिका नगरपालिकाको खोलेसिमलमा लायन्स क्लब अफ कालिका चितवनको गठन गराइसकेको छ ।