महेश पाण्डे,
१६ असार, रत्ननगर
रत्ननगर नगरपालिकाको १ नं. वडामा रहेका दुई वटा टोल बिकास संस्था मिलीजुली टोल बिकास संस्था र सरस्वती टोल बिकास संस्थामा घरेलु फेहोर ब्यवस्थापन तथा बालक्लब गठन कार्यक्रम सम्पन्न भएको छ । रत्ननगर नगरपालीकाका कार्यकारी अधिकृत काशीराम गैरेको प्रमुख आतीथ्यतामा भएको उक्त कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा रत्ननगर नगरपालीकाकी वातावरण बिद शन्ध्या रिजाल अन्य अतिथीहरुमा वडा नागरीक मञ्च रत्ननगर १ कि संयोजक रितु गिरी, नेकपा एमालेका रत्ननगर १ का अध्यक्ष शेरबहादुर तमाङ्, राष्ट्रिय जनमोर्चाका प्रतिनीधि प्रेम आचार्य, मधेसी जनअधिकार फोरमका प्रतिनीधी कृष्ण चौधरी, नेकपा मालेका प्रतिनीधी राजु श्रेष्ठ, रत्ननगर १ र ७ का वडा सचिव सुर्य ढुंगाना, वडा नागरीक मञ्च रत्ननगर १ सह संयोजक शालिग्राम पराजुली, सरस्वती टोल बिकास संस्थाका अध्यक्ष कुल प्रसाद पराजुली, सरस्वती टोल बिकास संस्थाका सचिव नारायण गिरी, पत्रकार महेश पाण्ड, सामाजिक परीचाल मिरा देवी देवकोटा लगाएतका रहेका थिए । कार्यक्रममा बोल्ने अधिकांश अतिथीहरुले घरबाट निस्कने फोहोर ब्यवस्थापन गरे मात्र गाउ नगर सफा हुने र यसलाई जल्न योग्य र अयोग्य छुटाएर राख्नु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रमा दुवै वटा टोल बिकास संस्थामा रहेका १६ वर्ष मुनिका बालबालीको ११ सदस्य छुट्टा छुट्टै बाल क्लब पनि गठन गरिएको थियो । सरस्वती टोल बिकास संस्थाका अध्यक्ष कुल प्रसाद पराजुलीले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रम मिलीजुली टोल बिकास संस्थाका अध्यक्ष बावुराम गोतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।