१६ असार, रत्ननगर
आदिबासी महिलाहरुको क्षमता अभिबृद्धिका लागी एक दिने प्रशिक्षण कार्यक्रम आज रत्ननगरमा सम्पन्न भएको छ । रत्ननगर नगपालिकाको सभाहलमा आदिबासी महिला समुह रत्ननगर द्वारा आयोजित प्रशिक्षण कार्यक्रममा रत्ननगर नगरपालिका भित्रका १९ वटा वडाका ३० आदिबासी महिलाहरुको सहभागिता थियो ।
कार्यक्रमका सहभागीलाई नगरपालिका भित्र चलिरहेका महिलामैत्री कार्यक्रमहरु बारे रत्ननगर नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी काशीराम गैरेले प्रकाश पार्नभएको थियो ।
नगरपालिका र आदिबासी महिला समुह बिच भएको सम्झौता अनुसार प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको आयोजक आदिबासी महिला समुहकी अध्यक्ष लक्ष्मी चौधरीले जानकारी दिनुभयो ।
उहाँलेका अनुसार प्रशिक्षण कार्यक्रमले आदिबासी महिलाहरुको क्षमता अभिबृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।कार्यक्रममा रत्ननगर नगरपालिकाका लेखा शाखा प्रमुख सिताराम पोख्रेल, सामुदायिक बिकास प्रमुख तेजेन्द्र लामिछाने तथा रत्ननगर टोल बिकास समन्वय समिती अध्यक्ष बाबुराम गौतम, थारु कल्याणकारीणी सभा क्षेत्र नं ८ का अध्यक्ष रामेश्वर महतो तथा रत्ननगर नगरपालिकाका सुचना शाखा प्रमुख लीला अर्यालको उपस्थिती थियो ।