बिपिन शर्मा आचार्य,
मनोरञ्जन डेस्क, नेपालीको आवाज अनलाईन
चलचित्र जगतमा कपीको आरोप लाग्नु नौलो कुरा होइन । त्यसमा पनि हिन्दी चलचित्र बनाउने बलिउड र नेपाली चलचित्र बनाउने कलिउड सिने नगरीका लागि कपी गर्नु प्रथानै बनिसकेको छ । भलै त्यसलाई प्रभावित वा अन्य कुनै शब्दावलिले व्याख्या गरियोस । प्राय गरी बलिउड देखी नेपाली चलचित्रले कपी गरेको पाईन्छ तर यहाँ उल्लेख हुन लागेको प्रसँग अल्ली भिन्नै प्रकारको रहेको छ । बलिउडका नामी निर्देशक शिरीष कुन्दरले नेपाली चलचित्रकर्मी अनिल न्यौपानेको छोटो चलचित्र बब हुबहु कपी गरी कृति नामक हिन्दी छोटो चलचित्र तयार पारेका छन । प्रतिलिपी अधिकार उल्लङ्घन भएको भनी न्यौपानेले युट्युब सँग गुहार लगाएपछी २५ लाखले हेरेर प्रशंसा बटुलेको कृतिलाई युट्युबले ब्लक गरेको छ । यसै सम्बन्धीको भिडियो सामाग्री तलको लिंकमा ।

तपाईको प्रतिक्रिया