बिशाल सापकोटा, १८ असार, रत्ननगर (चितवन)
बिपन्न बर्गको पहुँचमा अझै पनि सहकारीका सेवा बिस्तार हुन नसकेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन ।
हुने खाने बर्गले मात्रै यसका सेवा उपभोग गर्ने गरेको भन्दै अति बिपन्न समुदायका मानिस बिच पनि सहकारीको उपयोगिता र लाभ बुझाउन आवश्यक रहेका उनिहरुको भनाई छ ।
९४ औँ अन्र्तराष्ट्रिय सहकारी दिवसका अवसरमा अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड र रेडियो अर्पणले आज रत्ननगरको होटल गंगोत्री हाईवेमा संयुक्त रुपमा आयोजना गरेको दिगो भविष्यका लागी कार्य गर्ने शक्तिः सहकारी बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुर चितवनका प्राचार्य भिम प्रसाद तिवारीले पछिल्लो समयमा धेरै काम सहकारीबाट हुन थालेकाले सहकारी समुदायकृत हुँदै गएको बताउनुभयो ।
उहाँले यस क्षेत्रमा बिकृती पनि मौलाएको भन्दै सरकारले त्यसको नियन्त्रणका लागी ऐन नियम ल्याउन लागेको जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका प्राचार्य तिवारीले सञ्चालकहरुले दिगो योजना बनाएर पुँजि परिचालनको ठोस योजना बनाई संस्थालाई अगाडी बढाउनु पर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष तथा रेडियो अर्पणका कार्यकारी अध्यक्ष बेद प्रसाद आचार्यले बदलिदो समयमा सहकारी क्षेत्रलाई अझ परिस्कृत गरि लैजानु पर्नेमा जोड दिनुभयो ।
उहाँले समुदायका हरेक तह र तप्कालाई समेटे मात्र सहकारीको उद्देश्य सफल हुने बताउनुभयो ।
धेरै सहकारी संस्थामा कालान्तारमा पुजि थुप्रिने अवस्था आउने गरेको बताउँदै उहाँले पुजिको सहि परिचालन र समुहगत व्यवसायमा लगानीका लागी अब सबै सहकारीले योजना बनाएर अभ्यास सुरु गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रिय सहकारी संघका पुर्व केन्द्रिय सदस्य एकनारायण पौडेल, नेपाली कांग्रेसका रत्ननगर नगर सभापति रुपनराज घिमीरे,
नेकपा एमालेका नगर अध्यक्ष बद्रि घिमिरे, नेकपा माओबादी केन्द्रका कार्यालय सचिब जीवनराम श्रेष्ठ, रत्ननगर उद्योग बाणिज्य संघका उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ,
रेवान सौरहाका सचिब कपिल रेग्मी, युनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेका अध्यक्ष हरिभक्त घिमीरे, स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अर्जुन प्रसाद पौडेल,
जन जागृति उच्च माध्यामिक बिद्यालयका प्राचार्य बिनोद प्रसाद अधिकारी, जिल्ला सहकारी संघका प्रतिनिधी प्रेमनाथ दुवाडी, सौराहा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिब योगेन्द्रनाथ अधिकारी लगायतले बोल्नु भएको थियो ।
यस्तै कार्यक्रमका सहभागी अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य मेघनाथ पौडेल, ओम प्रसाद घिमीरे, योगेन्द्र अधिकारी, लगायतले निती नियम निर्माण गरि सहकारी क्षेत्रमा मौलाएको बिकृतिलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम आयोजक संस्था अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष तथा रेडियो अर्पणका कार्यकारी अध्यक्ष बेद प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।
यसअघि
९४ औँ अन्र्तराष्ट्रिय सहकारी दिवसका अवसरमा पुर्वी चितवनको रत्ननगरमा मानव साङ्लो प्रदर्शन गरिएको थियो ।
रत्ननगर १ बकुलहरमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड र रेडियो अर्पण १०४ थोप्लो ५ मेगाहर्जको संयुक्त आयोजनामा दिगो विकासका लागी कार्य गर्ने शक्तिः सहकारी भन्ने नाराका साथ मेचि महाकाली अभियान अन्तर्गत रत्ननगरमा मानव साङ्लो प्रदर्शन गरिएको हो ।
आज बिहान ८ बजेदेखि रेडियो अर्पणको भवन बकुलहर १ बाट मानव सञ्जाल बनाई सौराहचोकसम्म प्रदर्शन गरिएको थियो ।
सहकारी क्षेत्रमा सबैको सहकार्य बिस्तार र ऐक्यबद्धताका लागी कार्यक्रम फलदायी हुने आयोजक संस्था अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक एवंम रेडियो अर्पण १०४ थोप्लो ५ मेगाहर्जका कार्यकारी अध्यक्ष बेदप्रसाद आचार्यले बताउनुभयो ।
कार्यक्रममा संस्थाका शेयर सदस्य, सहकारी क्षेत्रमा आबद्ध ब्यक्ति, स्थानियबासी लगायतको उपस्थिती थियो ।