महेश पाण्डे,
२२ असार, रत्ननगर
रत्ननगर नगरपालीका वडा समितीको कार्यालय तथा श्री उज्जवल महिला बिकास वचत तथा ऋण सहकारी संस्था लि.को आर्थीक तथा व्यवस्थापन सहयोग तथा वृक्षारोपण उपभोक्ता समितीको आयोजनामा रत्ननगर–१ मा वृक्षारोपण कार्यक्रम बुधवार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी रत्ननगर नगरपालीकाका कार्यकारी अधिकृत काशिराम गैरे रहनु भएको थियो । त्यस्तै बिशिष्ट अतिथीमा ई.प्र.का टांडीका डि.एस.पी जयराज सापकोटा, रत्ननगर नगरपालीकाकी सामुदायीक परिचारीका शारदा वाग्ले, वडा नागरीक मञ्च रत्ननगर–१ की संयोजक रितु गिरी अन्य अतिथीहरुमा रत्ननगर–१ का वडा सचिव सुर्य ढुंगाना, रत्ननगर – १ का नेपाली कांग्रेसका वडा सभापति बावुराम गौतम, रत्ननगर–१ का नेकपा एमालेका वडा अध्यक्ष शेर बहादुर तमाङ, राष्ट्रिय जनमोर्चाका प्रतिनीधी प्रेम आचार्य, वडा नागरीक मञ्च रत्ननगर–१ का सह–संयोजक शालिकराम पाराजुली, बकुलहर मा.वि की प्रधानाध्यापक कमला ढकाल, ओम शान्ति प्रा. वी. नीपनिकी प्रधानाध्यापक राधा चौधरी, सरस्वती टोल बिकास संस्थाका अध्यक्ष कुल प्रसाद पराजुली, वडा नागरीक मञ्चका सदस्यहरु क्रमशः पुष्प जोशी, हेमन्ती चौधरी, देवराज रोक्का, श्री उज्जवल महिला बिकास वचत तथा ऋण सहकारी संस्था लि. की सचिव देवकला भट्टराई लगाएतका रहेका थिए । कार्यक्रममा बोल्ने अधिकांश अतिथीहरुले वातावरण सफा र स्वच्छ बनाउनको लागि बृक्षारोपणनै सबैभन्दा महत्वपुर्ण भएकोले यस कार्यमा सबै लाग्नु पर्ने बताए । सोही कार्यक्रम पश्चात बिभिन्न जातका बिरुवालाई सडक वरपर हराभरा बनाउने उद्देश्यले बृक्षारोपण गरिएको थियो । वृक्षारोपण संगै रत्ननगर नगरपालीकाको रत्ननगर–१ मा आयोजना गरिएको कार्यक्रम सम्पन्न भएको छ । वृक्षारोपण उपभोक्ता समिती सदस्य भागीरथी क्षेत्रीले स्वागत मन्तब्य राख्नुभएको उक्त कार्यक्रम वृक्षारोपण उपभोक्ता समितीकी संयोजक हेमा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।