महेश पाण्डे,
२३ असार, रत्ननगर
रत्ननगर नगरपालीकाको वातावरण स्थानीय शाखा कार्यालयको आयोजनामा रतननगरको वडा नं. ८ मा वातावरण मैत्री वडा घोषणा पुर्व तयारी सुचना एंव र्याली कार्यक्रम बिहीबार सम्पन्न भएको छ । रत्ननगर वडा नं. ८ मा रहेका २० वटा टोल बिकास संस्थाका प्रत्यक घरधुरीलाई २–२ वटा बिरुवा हुर्काउने कार्यमा संलग्न गराउने उद्देश्य अनुरुप उक्त कार्यक्रम गरीएको हो । कार्यक्रममा प्रमुख अतीथी रत्ननगर नगरपालीकाका प्रमुख कार्यकारी अधिकृत काशिराम गैरे रहेका थिए उनले वृक्षारोपण गर्नु उत्कृष्ट कार्यभएकाले नगरपालीकाले यस्ता वातावरणीय रुपमा सकारात्मक कार्यको लागी नगरपालीकाले हातेमालो गर्दै सबैलाई आफ्नो घर अगाडी २–२ वटा बिरुवा हुर्काउने अभियानमा लाग्न आग्रह गरे । कार्यक्रममा अन्य अतिथीहरु नेपाली कांग्रसका नगर सभापती रुपन राज घिमीरे, नेपाली कांग्रसका वडा नं ८ का सभापती कलाधर पौडेल, ने.क.पा. एमालेका वडा अध्यक्ष कमल बहादुर घिमीरे, एकीकृत माओवादी केन्द्रका ईन्द्र प्रसाद ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत प्रसाद रुपाखेती , राष्ट्रिय जनमोर्चाका मुक्ति सुवेदी, वातावरण मैत्री पुर्व तयारी समिती संयोजक भोजराज लामीछाने, वडा नागरीक मञ्चका अध्यक्ष सिवकान्त पौडेल, टोल बिकास संस्था वडा समन्वय समितीका संयोजक ज्ञानेन्द्र राज पाण्डे, वातावरण विद शन्ध्या रिजाल, सव ईन्जिनीयर शंकर वहादुर कुंवर, सामुदायीक बिकास शाखाकी शारदा वाग्ले, बैरिया मा.बिका प्रधानाध्यापक यवराज शर्मा पौडेल लगाएतका रहेका थिए । असार ३० गते समापन हुने उक्त कार्यक्रम बकुलहर, निपनी र भानुचोकमा बिरुवा रोपेर उद्घाटन गरिएको थियो । रत्ननगर नगरपालिकाका सामाजीक बिकास शाखा प्रमुख तेजेन्द्र नाथ लामीछानेले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा नागरीक मञ्चका अध्यक्ष सिवकान्त पौडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम रत्ननगर नगरपालीका वडा नं. ८ का सचिव खगनाथ पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
2
4
3

तपाईको प्रतिक्रिया