Rabindra
महेश पाण्डे
रामु आचार्य
चितवन, २६ असार
मिस युनिभर्सलाई पछ्याउँदै अहिले देशैपिच्छे मिस कन्ट्रि (जस्तैः मिस नेपाल) प्रतियोगीता हुने गरेको छ ।
किसोरीहरु देखि युवतीहरुसम्मका प्रतियोगीहरुबिच सुन्दरता, क्षमता, ज्ञान आदि ईत्यादी शिर्षकमा प्रतिस्पर्धा गराई ¥याम्पमा उतारेर छानिने मिस परफेक्ट को दायरा अझ फरकिलो बनाईयो ।
अहिले क्षेत्र, जिल्ला, स्थानिय तहमा पनि ʻʻमिस टिनʼʼ, ʻʻमिस एस.एल.सीʼʼ. ʻʻमिस कलेजʼʼका नाममा यस्ता थुप्रै प्रतियोगीता भईरहेका छन । तर यस्ता अधिकतम ईभेन्ट प्रायः बिबादमा पनि मुछिने गरेको छ ।
यहि बिचमा फरक शैली र फरक शिर्षक अपनाउँदै पोईन्ट मिडिया प्रा.लि.ले ʻʻमिस टुरिज्म–२०१६ʼʼ आयोजना गर्दैछ ।
नेपालको पर्यटन क्षेत्रको प्रबद्र्धन गर्दै यहाँका सम्भावनालाई राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तरमा प्रचार प्रसार बिस्तारको लागी भन्दै काठमाडौँ, पोखरा र चितवनबाट सुन्दरीहरुको छनौट गरि उनिहरु बिच प्रतिस्पर्धा गराई उत्कृष्ट छान्न प्रतियोगीता गर्न लागिएको जनाईएको छ ।
प्रतियोगीताका बिचमा गरिने बिभिन्न राउण्डमा स्थानिय क्षेत्रको सम्भाब्य पर्यटन क्षेत्रको प्रबद्र्धन र प्रचार प्रसारले राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तरमा एउटा सन्देश प्रवाह गराउन मद्धत पुग्ने आयोजकको दाबी छ ।

प्रस्तुत छ, ʻʻमिस टुरिज्म–२०१६ʼʼको आयोजक पोईन्ट मिडियाका चितवन ईन्चार्ज रबिन्द्र अधिकारी र यसका बजार प्रमुख अरुण पौडेलसँग संयुक्त रुपमा हाम्रा सहकर्मी रामु आचार्यले गर्नुभएको कुराकानीः

१). सुरुवातमा नै यो प्रष्ट पार्दिनुस, यो तपाईहरुले आयोजन गर्न लागेको ʻʻमिस टुरिज्म–२०१६ʼʼ भनेको चैँ के हो ?
यो एउटा ब्युटि पेजेन्ट हो । सुन्दरी प्रतियोगिता । यसमा चैँ हामी फस्ट स्टेपमा काठमाडौँ, पोखरा र चितवनबाट सेलेक्सन राउण्डमा जाँदैछौँ ।
त्यसपछि हामी उत्कृष्ट सुन्दरीहरुको छनौट गरि हामीसँगै अगाडी बढाएर राष्ट्रको लागी कसरी टुरिज्मलाई प्रमोट गर्ने भन्ने कुरा, देशको यस्तो संक्रमणकालिन अवस्थामा पनि राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा कसरी यहाँका पर्यटनलाई अगाडी बढाउन सक्छौँ भन्ने हिसाबले यो प्रतियोगीता गर्न लागेका हौँ ।

२). सुन्दरी छान्ने प्रतियोगीता निकै बिबादमा मुछिने गरेको छ । सुन्दरतालाई कुन आँखाले हेर्ने, के लाई सुन्दरता मानेर छनौट गर्ने भन्ने जस्ता कुराले बिरोध र बिबाद निकै हुन्छ । यस्तो बिबादित काम किन लाग्नु भएको ?
हैन, यस्तो हो, हरेक राम्रो कामको पछाडी बिबाद अवश्य नै हुन्छ । तर हामी बिबादको पाटोलाई मात्र होईन, राम्रो पाटोलाई पनि केलाएर हेर्ने गरौँ । त्यसरी नै अगाडी बढ्दा ठिक हुन्छ जस्तो लाग्छ । किनकी देशको यस्तो अवस्था हामी सबै मिलेर टुरिज्मलाई प्रमोट गर्न सकियो भने जनता र सरकार दुवै पक्षलाई आर्थिक हिसाबले धेरै फाईदा हुन्छ । त्यसैले यसको नकारात्मक पाटोलाई केलाएर बिरोध गर्नुको सट्टा, सकारात्मक पक्षलाई नियाल्दा नै राम्रो हुन्छ ।

३). तपाईहरुले यो मिस टुरिज्मबाट पर्यटनको प्रबद्र्धन हुन्छ भन्नुभएको छ । तर सुन्दरीहरु बिच प्रतियोगीता गराएर, ¥याम्पमा उतारेर कसरी पर्यटन व्यवसाय फस्टाउँछ वा भनौँ प्रबद्र्धन हुन्छ ?
मुलतः सुन्दरी छान्ने भए पनि हामी यो प्रतियोगीता अबधिभर सुन्दरीहरुको सौन्दर्यतामा मात्रै केन्द्रित भने पक्कै रहदैनौँ । हामी चितवनमा यो सेलेक्सन राउण्ड गरिरहँदा अथवा भनौँ काठमाडौँ, पोखरामा हाम्रा प्रतियोगीलाई सो ठाउँको पर्यटकिय क्षेत्रको भ्रमण गराई त्यसको बिकास र प्रमोटको बारेमा डिसकसन पनि गछौँ । प्रतियोगीताका बिभिन्न चरणहरु छन । यो प्रतियोगीताको हाम्रो सुरुवाती चरण भएपनि यो अबधिमा हुने अन्र्तक्रिया, छलफलले पक्कै पनि पर्यटन बिकासमा टेवा पुग्छ । त्यसैले सुन्दरता हाईलाईटमा रहे पनि हाम्रो ध्यय पर्यटन प्रबद्र्धन नै हो ।
४). तपाईहरुको यो प्रतियोगीतामा सुन्दरी छान्ने प्रकृया, मापदण्ड चैँ के के हुन्छन ?
यो पहिलो पटक हुन लागेको प्रतियोगीता हो । पहिलो पटक भएकाले हामीले चितवन, पोखरा र काठमाडौँ गरि तिन जिल्ला छानेका छौँ । यसमा हामी फस्ट अडिसन राउण्ड एक÷एक चरणमा लिन्छौँ । त्यसपछि छनौट भएका सुन्दरीहरुलाई हामी काठमाडौँ लैजान्छौँ । काठमाडौँ लगेपछि त्यही सम्पुर्ण सहभागीहरु बिच प्रतिस्पर्धा गराई टप फिप्टि सेलेक्ट गर्छौ । टप फिप्टि पछि हामी टप फिप्टि मा आउँछौँ । टप ट्वेन्टि मा आईसकेपछि हाम्रो स्पेसल टे«निङ फेज हुनेछ । यो राउण्डमा टप ट्वेन्टि लाई वेल टे«निङ दिएर टुरिज्मको बारेमा जानकारी गराएर फेरि प्रतिस्पर्धा गराउँछौँ । त्यसपछि टप फाईभमा ल्याउँछौँ र मिस टुरिज्म घोषणा गर्छौँ ।

५). यसमा कस्ता कस्ता युवतीहरुले सहभागीता जनाउन पाउँछन ?
यसमा १८–२५ बर्ष उमेर समुहका अबिवाहित सबै महिलाहरुले सहभागीता जनाउन सक्नु हुन्छ । यसमा कुनै जात धर्म, सम्प्रदाय भन्ने छैन । र टुरिज्म सेक्टरकै हुनुपर्छ भन्ने पनि हाम्ले त्यस्तो कुनै क्राईट एरिया तोकेका छैनौँ । टुरिज्म बाहिरका मान्छेलाई पनि यसमा सामेल गराएर त्यसबारे जानकारी दिन सक्छौँ ।

६). सहभागीले त प्रतियोगीताको क्राउन नै जित्ने उद्देश्यले सहभागीता जनाएको हुन्छ, तर के सम्बन्धि ज्ञान भएकाले चैँ अझ सहजका साथ प्रतिस्पर्धा गर्न सक्छन ?
प्रतियोगीताको नाम नै मिस टुरिज्म भएकाले पर्यटन बारे केहि ज्ञान त हुनै पर्यो । अझ यो प्रतियोगीता हामीले नेपाल भित्र हुन लागेकाले हाम्रै देशको भौगोलिक बनौट, सम्भाब्य पर्यटकिय क्षेत्रका बारेमा जानकारी भयो भने भोलिको दिनमा हामी अन्र्तराष्ट्रिय स्तरमा पनि जान सक्छौँ । त्यो बेलामा प्रतियोगीले हाम्रो देशको बारेमा पनि भन्न सक्यो भने, एक्सप्लेन गर्न सक्यो भने अझै प्रभाबकारी हुन्छ । र पनि सबै कुरा जानकारी नभएको तर जान्न ईच्छुक हुनेलाई पनि हामी बुझाउँछौँ, अगाडी बढाउँछौँ । मौका भन्ने कुरा सबैलाई दिनुपर्छ, र ईच्छुक सबैले सहभागीता जनाउन सक्नु हुन्छ ।

७). बिजेताले प्राप्त गर्ने उपाधि वा भनौँ पुरस्कार के हो यसमा ?
मिस टुरिज्मको उपाधि जित्नेलाई चैँ हामीले एउटा स्कुटर र ५० हजार नगद प्रदान गर्छौँ । त्यस्तै फस्ट रनअपलाई ३० हजार रुपैयाँ र सेकेण्ड रनरअपलाई २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरेका छौँ ।

८). सहभागीता जनाउन चाहनेले फारक शुल्क पनि लाग्छ? या लाग्दैन? के छ नियम?
सुरुवातमा फारम शुल्कको १ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै जिल्लाबाट छानिएर काठमाडौँ गएपछि हुने टप ट्वेन्टिको स्पेशल टे«निङ राउण्डमा चैँ ईच्छुकले १५ हजार रुपैया तिरेर त्यो बिशेष तालिम लिन सक्नेछन । त्यो भन्दा अरु शुल्क लाग्दैन ।
९). चितवनबाट पनि तपाईहरुले प्रतियोगीहरु छनौट गर्दै हुनुहुन्छ । यहाँका युवतीले चैँ सहभागीताका लागी कहाँ सम्पर्क गर्ने, कहाँ हुन्छ प्रतियोगीता?
चितवनमा चैँ सहभागीता जनाउन चाहनेले भरतपुरको हुलाक चोकमा रहेको बाजेको सेकुवामा, त्यस्तै पुर्वी चितवनमा चैँ टाँडीको रत्ननगर क्याफेमा फारम पाईन्छ । त्यस्तै रत्ननगरस्थित बकुलहर चोकमा रहेको रेडियो अर्पण १०४ थोप्लो ५ मेगाहर्जको कार्यलयमा पनि फारम उपलब्ध हुन्छ । त्यसैगरि सौराहाको होटेल सेभेन स्टारमा पनि फारम उपलब्ध छ । ईच्छुकले आँफुलाई जहाँ पायक पर्छ, त्यहाबाट फारम भरेर प्रतियोगीतामा सहभागीता जनाउन सक्नु हुन्छ । र हाम्रो चितवनको सम्पुर्ण छनौट चरण भने सौराहाको होटेल सेभेन स्टारमा हुनेछ ।

१०). अन्त्यमा, मिस टुरिज्मका–२०१६ को बारेमा कार्यक्रमका बारेमा हाम्रा पाठकहरुलाई के भन्नु हुन्छ?
पाठकहरुलाई हामी यो भन्न चाहन्छौँ कि, मिस टुरिज्म–२०१६ चैँ छुट्टै कन्सेप्टका साथ हामीले सुरु गर्न गईरहेका छौँ । यसलाई सबैले चैँ पाजेटिभ भ्युबाट हेरेर समग्र देशको टुरिज्म क्षेत्रको बिकासमा सहयोग पु¥याउन साथ दिनु हुनेछ र सपोर्ट गर्नहुन्छ भन्ने आसा र आग्रह गर्छौँ । र यो चितवनको कार्यक्रमलाई सफल पार्न सघाउन, समर्थन गरिदिन सबैमा अनुरोध पनि गर्छौँ ।
13617389_1369589246389569_71841636_n

तपाईको प्रतिक्रिया