महेश पाण्डे
असार २९,
रत्ननगर, चितवन
रत्ननगर नगरपालिका कार्यलयको आयोजनामा बुधवार नगरपालिकाको सभाहलमा आर्थीक वर्ष २०७२।७३ को तेस्रो तथा अन्तिम चौमासीक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । रत्ननगर नगरपालिक भित्र रहेका बिभिन्न राजनितीक दल, संघसंस्थाका प्रतिनीधि तथा सर्वसाधरणको उपस्थितीमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा नगरपालिकाका लेखा अधिकृत सिताराम पोख्रेलले नगरपालिकाको असार २८ गते सम्मको आय तथा ब्यय बिवरण प्रस्तुत गरेका थिए ।
उनका अनुशार २०७२।७३ मा नगरपालिकाको कुल अनुमानित आय तर्फ १६ करोड २० लाख ८५ हजार हुने प्रक्षेपण गरिएको भएतापनि नगरपालिकालाई कुल १९ करोड ३३ लाख ७३ हजार ९ सय २२ रुपया प्राप्त भएको जानकारी दिए । यसो हुनुमा युनिसेफ तथा नेपाल सरकारबाट भुकम्प पिडीतका लागि १ करोड ५६ लाख अनुदान बजेट प्राप्त भएर हो । यसमा पनि सडक बोर्ड बाट करिब २५ लाखभन्दा बढि, आन्तरिक आयश्रोतबाट ३ करोड ६३ लाख ९२ हजार ८ सय २६ रुपैया आम्दानी रहको छ । त्यस्तै खर्च तर्फ यस वर्ष १८ करोड ८२ लाख २३ हजार ५ सय ४१ रुपैया खर्च भएको छ । जसमा प्रशासनिक खर्चमा १५ प्रतिशत (२ करोड ८५ लाख ७४ हजार ४ सय २२), सार्वजनिक खर्च तर्फ ५४ प्रतिशत (१ करोड ५८ लाख ९ हजार ४१), भुकम्प अनुदान खर्च ८ प्रतिशत (१ करोड ५६ लाख १० हजार), सामाजिक शुरक्षा तर्फ २३ प्रतिशत (५ करोड ३५ लाख ५६ हजार २ सय ८०) रहेको छ । नगरपालीकाको आन्तरीक आय तर्फ ३ करोड ७१ लाख ३२ हजार प्रक्षेपण गरिएकोमा एकिकृत सम्पतिकरबाट ९ करोड २४ लाख ६ हजार १ सय १०, नक्सापास दस्तुरबाट ३५ लाख १० हजार ९ सय ८६, चार किल्ला प्रमाणीतबाट ४२ लाख ३९ हजार ४४, सिफारीसबाट करिब २० लाख, ब्यवसाय करबाट करिब २० लाख, रजिष्ट्रेषन करबाट करिब ६९ लाख तथा अन्यबाट करिब ५५ लाख रकम प्राप्त भएको छ । यसमा प्रक्षेपण गरिएको भन्दा बढि रकम उठ्नुको मुख्य कारण नगरपालिकामा बढेको अव्यवस्थित जग्गा प्लटिङनै मान्न सकिन्छ । यस्तै गरि नगरपालिकाले गरेका खर्च भुक्तानि तर्फ २३ वटा सडक, पुल तथा कल्भर्टमा ४ करोड ६१ लाख ९८ हजार ४ सय ७, ३ वटा सिचाईका लागि १ करोड ५० हजार ८ सय १६, २ वटा खानेपानि सरसफाईका लागि ३ लाख २० हजार, ४ वटा शिक्षा कार्यकालागि ९ लाख ४६ हजार ४ सय ६४, १२ वटा वातावरण कार्यकालागि ८६ लाख ६५ हजार १ सय ५६, ४६ वटा आय आर्जन कार्यकालागि २५ लाख ९२, ३५ वटा सामाजिक तथा सामुदायीक कार्यकालागि ३२ लाख, प्रवद्धनात्मक कार्यकालागि १२ लाख ३१ हजार ५ सय ८१ रहेको छ । कार्यक्रममा उपस्थित सर्वसाधरणले आफ्ना सुझाव तथा समस्या राखेका थिए उक्त सुझाव तथा समस्यालाई नगरपालिककाका सम्बन्धित शाखाका प्रमुखहरुले जवाफ प्रस्तुत गरेका थिय । नगरपालिकाका सामाजिक शाखा प्रमुख तेजेन्द्र नाथ लामिछानेले स्वागत मन्तव्य राखेको सो कार्यक्रम नगरपालिकाका कार्यकारी अधिकृत काशिराम गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
(नगरपालिकाको बारेमा जानकारीलिन नगर पालिकाको web site www.ratnanagarmun.gov.np मा login गर्नुहुन अनुरोध गर्दछौ)