पुर्वि चितवनको रत्ननगर नगरपालिकाको वडा नं. ८ नगरकै पहिलो वातावरणमैत्री वडा घोषित भएको छ । आवश्यक सबै सुचक पालना गरेको पाईएपछि आज रत्ननगर स्थित क्रिस्टल कलेज परिसरमा आयोजित एक समारोहका बिच वडा नं. ८ लाई नगर कै पहिलो वातावरणमैत्री वडा घोषणा गरिएको हो ।
‘हामी सबैको एउटै रहर, बनाऔँ, पूर्ण हरियाली हाम्रो रत्ननगर’ भन्ने नाराका साथ चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले बिरुवा रोपेर तथा प्रमाणपत्र प्रदान गरि वातावरणमैत्री भएको घोषणा गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी स्थानिय बिकास अधिकारी पोखरेलले घोषणा हुनु ठुलो कुरा नभएको बताउँदै कार्यान्वयन र स्थायीत्वका लागी एकजुट हुन वडाबासीलाई आग्रह गर्नुभयो । रत्ननगरका १९ वडामध्ये पहिलो वडा घोषणा भएकामा खुसी व्यक्त गर्दै उहाँले अब जिल्लालाई नै वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशिराम गैरेले भावि पुस्ताका लागी पनि बातावरण संरक्षणमा एकजुट भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले रत्ननगरको वडा नं. ८ वातावरणमैत्री घोषणा पश्चात अन्यत्र पनि यसको असर प्रभाब पर्ने र बिस्तार हुँदै जाने बिश्वास ब्यक्त गर्नुभयो ।वातावरणसम्बन्धी विभिन्न २० सूचक पूरा गरेकाले वातावरणमैत्री घोषणा गरिएको सामाजिक विकास शाखा प्रमुख तेजेन्द्रनाथ लामिछानेले जानकारी दिनुभयो । उहाँले तीन वर्षभित्रमा नगरलाई नै वातावरणमैत्री बनाउने लक्ष्य रहेको बताउँदै आज वडा नं ८ लाई वातावरणमैत्री बनाएको बताउनुभयो । सरसफाइ, फोहर व्यवस्थापन, कुहिने÷नकुहिने फोहरलाई छुट्याएर राखे÷नराखेको, घरभित्रको समेत फोहर व्यवस्थापन भएको, प्यास्टिकको न्यून प्रयोग लगायत २० सूचक पूरा भए पछि वातावरणमैत्री बनाउन सकिने प्राबधान छ ।
कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चितवनका प्रमुख चक्रपाँडी शर्मा, खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकाल, वातावरणमैत्री घोषणा तयारी समितीका संयोजक भोजराज लामिछोन, रत्ननगर नगरपालिकाकी अनुगमन तथा वातावरण अधिकृत सन्ध्या रिजाल, शिक्षाबिद् डा.बसन्त अधिकारी, लोक तथा दोहोरी गाएक मिलन लामा, नेपाली कांग्रेस रत्ननगरका नगर सभापति रुपनराज घिमिरे, नेकपा एमालेका नगर समन्वय समिती संयोजक नारायण बन, नेकपा माओबादी केन्द्रका प्रतिनिधी ईन्द्र बहादुर ढकाल, नेपाल टेलिकम टाँडी शाखा प्रमुख हरिशचन्द्र खनाल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा लोक तथा दोहोरी गाएक मिलन लामाले आफ्नो सांगेतीक प्रस्तुती प्रस्तुत गर्दै वातावरण संगसंगै युवा सक्तिलाई देश निर्माणमा लाग्न अनुरोध गरेका थिए ।घोषणा सभाअघि वडाका बिभिन्न टोलबिकास संस्थाका सहभागितामा झाँकी सहितको र्याली निकालिएको थियो । कार्यक्रम रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशिराम गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।