भरतपुर, साउन ३ ।
नेपालीको आवाज अनलाईन
खेलकुद डेस्क
एभरेष्ट क्लब बसेनी भरतपुरको आयोजनामा शनिबारबाट फुटबल प्रतियोगिता ‘नारायणी मोटर्स तेस्रो चितवन च्याम्पियनसिप कप–२०७३’ अन्तर्गत साउन ३ गते सोमबार भएका दुइ खेलमा नारायणगढ फुटवल क्लव (एनएफसी ) र हरि स्मृति क्लव दिव्यनगर विजयी भएका छन् ।सोमबार भएको पहिलो खेलमा एनएफसी नारायणगढ विजयी भएको छ । उसले नयाँ वस्ती फुटवल क्लव जगतपुरलाई टाइ वे्रकरमा हराएको हो । पहिलो खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ को बरावरी भएपछि खेल पेनाल्टी शुट आउटमा गएको थियो । जसमा एनएफसीले नयाँ वस्तीलाई ३ का विरुद्ध ४ गोलले पराजित ग¥यो । दोस्रो खेल रामपुर फुटवल क्लव र हरि स्मृति क्लव दिव्यनगर बीच भएको थियो । जसमा हरि स्मृतिले रामपुरलाई १ का विरुद्ध २ गोलले पराजित गरेको थियो । साउन ४ गते मंगलबार पहिलो खेल कैलाश फुटवल क्लव भरतपुर र एकता समाज भरतपुरवीच दिनको २ वजे र दोस्रो खेल आँपटारी विरुद्ध लिलाचोक फुटवल क्लव दिनको ४ वजे हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टिमले नगद १ लाख २१ हजार १२१ रुपैयाँ र ट्रफी, मेडल, प्रमाणपत्र पाउनेछन् । त्यस्तै, दोस्रो हुनेले नगद ५५ हजार ५५५ र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । सबै खेलहरु जुनियर प्रहरी शिक्षालय भरतपुरमा हुने भएका छन् ।

गैंडाकोट र गोरखाको हरमटारी बाँकी सबै टिम चितवनकै रहेको आयोजकले जनाएको छ । साउन एक गतेको उद्घाटन खेल गैंडाकोटविरुद्ध जु–जुगेडीबीच हुने आयोजकले जनाएको छ । खेलमा विभिन्न पाँच विधाका उत्कृष्ट खेलाडीलाई नगद ५ हजारसहित पुरस्कृत गरिने अध्यक्ष देवकोटाले बताए । उत्कृष्ट गोलकर्ता, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने भएको हो । प्रतियोगिताको मुख्य प्रायोजकमा नारायणी मोटर्स नारायणगढ र सहप्रायोजकमा प्रभु हाउजिङ एण्ड प्रोपटी डिलर्स प्रालि भरतपुर रहेका छन् ।

तपाईको प्रतिक्रिया