बिपिन शर्मा आचार्य
८ श्रावण, रत्ननगर
नेपालीको आवाज अनलाई समाचार डेस्क
मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान गर्दै आएको कुरा सर्बबिदितै छ ।
सरकारको आव २०७२/७३ को नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त अभियान ७५ वटै जिल्लामा सञ्चालनमा आएको छ ।
नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलाप ‘प्रहरी मेरो साथी’को अवधारणामा समेटिएको छ ।
देशभरका विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु अभियानको मुख्य उद्देश्य हो ।
समाजमा ‘प्रहरी मेरो साथी’ हो भन्ने भावना र सम्बन्धको विकास गरेर प्रहरी सङ्गठनको छविलाई गरिमामय तुल्याउनु अभियानको लक्ष्य रहेको छ ।
नेपाल प्रहरीले यसअघि ‘मुस्कानसहितको सेवा’ भन्ने नाराका साथ जनतामा पुग्ने अभियान सुरु गरेको थियो ।
नेपाली समाज नै मुख्य कार्यथलो रहेको प्रहरीको समाजमा शान्ति सुव्यवस्था कायम गर्नु नै प्रमुख दायित्व हो ।
अभियान लाई प्रभाबकारी ढंगले अगाडी बढाउने क्रममा यो साता ईलाका प्रहरी कार्यालय टाँडीले नगर सरसफाइ गरेर नगरवासी लाई सांकेतिक रुपमा नगर सफा राख्नु नगरपालिकाको मात्र नभै आफ्नो पनि दायित्व रहेको बोध गराएको छ ।
सरसफाइ कार्यक्रममा कार्यालय प्रमुख डिएसपी जयराज सापकोटा लगायत सम्पूर्ण कार्यालयका अधिकांस प्रहरीहरुको उत्साहजनक सहभागीता रहेको थियो ।