शिशिर सिंखडा
चितवन रत्ननगर ११ श्रावण ।
पूर्वी चितवनका ६ वटा लायन्स तथा लियो क्लबको रत्ननगरमा संयुक्त पदस्थापन गरिएको छ । वर्ष २०१६÷१७ का लागि लायन्स क्लब अफ रत्ननगरका अध्यक्ष शिवलाल श्रेष्ठ, लायन्स क्लब अफ रत्ननगर चितवन राइनो सिटीका अध्यक्ष उमेश गिरी, लायन्स क्लब अफ रत्ननगर शान्तिचोकका अध्यक्ष कृष्ण खनाल, लायन्स क्लब अफ रत्ननगर बेल्सीका अध्यक्ष गुप्तनाथ भट्टराई, लियो क्लब अफ रत्ननगरका अध्यक्ष ज्योती भट्ट र लियो क्लब अफ रत्ननगर शान्तिचोकका अध्यक्ष सुरज पाठक सहित सम्पूर्ण पदाधिकारीहरुको संयुक्त पदस्थापन गरिएको हो । कार्यक्रममा लायन्स क्लब ३२५बी२ का डिस्ट्रिक्ट गभर्नर घनश्याम भट्टराईले पदस्थापन गराई सपथग्रहण गराएका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ रत्ननगर राइनो सिटीको तर्फबाट अध्यक्ष उमेश गिरी तथा श्रीमती ममता गिरीले रत्ननगर १ निवासी अपाङ्गता भएका २० वर्षीय दिपेन्द्र शाहिलाई करिब १५ हजार रुपैयाको ह्विल चेयर सहयोग गरेका थिए ।
त्यसैगरी लायन्स क्लब अफ एजुकेशन कार्यक्रम अन्तर्गत ११ कक्षामा अध्ययनरत १० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम समेत घोषणा गरिएको छ । लायन्स क्लबका सदस्यहरु उमेश गिरी, शिबु क्षेत्री, ज्ञान बहादुर बिसुराल, भुपेन्द्र धिताल र भीम बहादुर नेपालले वार्षिक रुपमा करिब १५÷१५ हजार रुपैयाका दरले छात्रवृत्ति दिने घोषणा गरिएको लायन्स क्लबका एरिया कोअर्डिनेटर निरज श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर घनश्याम भट्टराई, प्रथम भाईस गभर्नर मधुसुदन शर्मा, द्वितीय भाईस गभर्नर सुनिल ओझा, डिस्ट्रिक्ट स्ट्राटेजिक एडभाईजर अनुप पहारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । लायन्स क्लब अफ रत्ननगर राइनो सिटीका संस्थापक अध्यक्ष राम कुमार तिवारीले स्वागत मन्तव्य गरेको कार्यक्रममा लायन्स क्लब अफ रत्ननगरका पूर्व अध्यक्ष बुद्धराम जोशीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रमको प्रथम खण्डको अध्यक्षता लायन्स क्लब अफ रत्ननगर वर्ष २०१५÷१६ का अध्यक्ष शिशिर पन्त र समापन सत्रको अध्यक्षता लायन्स क्लब अफ रत्ननगर राइनो सिटी वर्ष २०१६÷१७ का अध्यक्ष उमेश गिरीको अध्यक्षतामा भएको थियो ।