स्वास्थ्यकर्मीहरुका अनुसार विश्वमा ४० बर्षमाथिका ४ जना मानिसमध्ये एक जनालाई मधुमेह भइरहेको छ । अन्र्तराष्टिय मधुमेह संगठनका अनुसार सन् २०१२ मा विश्वभर मधुमेह रोगको कारणले ४८ लाख मानिसको मृत्यु भएको थियो भने ४.७१ खर्ब अमेरिकी डलर मधुमेह रोगको न्युनिकरणमा खर्च भएको थियो । मधुमेह बढ्दै जादा आँखा, मृगौला, दिमाग, मुटु, नशालगायत शरीरका विभिन्न अंगहरुमा पनि थप समस्या बढ्दै जान्छ । स्वास्थ्यकर्मीहरुका अनुसार दैनिकरुपमा ३० मिनेट व्यायम गर्नाले मधुमेह रोग लाग्ने सम्भावना ४० प्रतिशतसम्म घट्नसक्छ । यो रोगबारे जनचेतना जगाउन सन्े १९९१ देखि नै मधुमेह दिवस मनाउन थालिएपनि संयुक्त राष्ट्र संघले सन् २००७ देखि आधिकारिकरुपमा विश्वभरमा नै यो १४ नोभेम्बरलाई विश्वभर मधुमेह दिवसकोरुपमा मनाउन थालेको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित समाजिक उत्तरदायित्वका निम्ति चिकित्सक, नेपाल विद्यार्थी च्याप्टर(पिएसआरएन)ले २३ औं विश्व मधुमेह दिवसको अवसरमा प्रकाशित गरेको सचेतनामुलक आलेख यहाँ प्रकाशित छ:

मधुमेह रोग बारे जानकारी

मधुमेह लागेको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामाजांच गराई उपचार गराउनु पर्दछ । मधुमेहबाट बच्न नियमित व्यायाम,सन्तुलितआहार आदिमा ध्यान दिनुपर्दछ ।

परिचय
मानिसको रगतमा चिनीको मात्रा आवश्यकभन्दा बढी भई रगतजांच गराउदा चिनीको मात्रा चाहिने भन्दा बढी देखा पर्नुलाई मधुमेह रोग भनिन्छ । यो रोग सरुवा रोग होइन तर मानिसको आफनै खानपान र रहनसहनको कारणबाट देखापर्दछ । कुनै–कुनै प्रकारको मधुमेह वंशानुगत पनि हुन्छ ।

मधुमेहका किसिमहरु
मधुमेह हुने प्रारम्भिककारणको आधारमा सामान्यतया यसलाई २ किसिममा विभाजन गरिएको छ ।

पहिलो किसिमको मधुमेह (type 1 diabetes)

शरीरमा इन्सुलिनको उत्पादन अत्यन्त कमहुंदा रगतमा ग्लुकोजको मात्रा सामान्यभन्दा बढी हुने अवस्थालाई पहिलो किसिमको मधुमेह भनिन्छ । यस्ता बिरामीलाई बा““च्नको लागि नै इन्सुलिन चाहिने भएकाले यिनीहरु जिवनभर इन्सुलिनमा आश्रित हुन्छन् । जुनसुकै उमेरमा देखापर्न सक्ने भएतापनि यस्तो मुधमेह विशेष गरी बाल्यावस्था वा किशोरावस्थामा शुरु हुने र दुब्लापातला मानिसमा बढी देखिने गर्दछ ।

दोसा्रे किसिमको मधुमेह (type 2 diabetes)

शरीरमा चाहिने जति इन्सुलिन उत्पादन नहु“दा वा उत्पादित इन्सुलिन प्रभावकारी नहु“दा वा उत्पादित इन्सुलिनले प्रभावकारी काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिएको अवस्थालाई दोसा्रे किसिमको मधुमेह भनिन्छ । यसको उपचारमा सन्तुलित खानपान र नियमित व्यायामको साथसाथै आवश्यकता अनुसार खाने औषधि र कहिलेका“ही इन्सुलिनको पनि आवश्यकता पर्न सक्दछ । यस्तो मधुमेह सामान्यतया ४० बषको उमेरपछि प्रायःमोटाघाटा व्यक्तिहरुमा देखापरेको पाइन्छ ।

मधुमेह रोगका लक्षणहरु ः

मुख सुख्खा हुनु, बढी तिर्खा लाग्नु ।
पटक पटक पिसाब हुनु ।
पिसाबको मात्रा धेरै हुनु ।
राम्ररी खाना खाए पनि दुब्लाउदै जानु ।
रुचि बढ्नु वा भोक धेरै लाग्नु ।
बराबर घाउ खटिरा आउनु तर समयमानिको नहुनु ।
शरीर खास गरी गुप्ताङ्ग चिलाउनु ।
दृष्टि धमिलो हुनु ।
हातगोडा झमझमाउनु ।

उपरोक्त लक्षणहरु देखापरेमा बेलैमाजाच गराई उपचार प्रक्रिया सुरु गर्नुपर्दछ । रगतमाचिनी धेरै बढी वा धेरै कमहुदापनिमानिस बेहोस हुनक्छ । बेलैमा नियन्त्रणमा राख्ननसकेका खण्डमा मधुमेहले शरीरकाअति महŒवपुर्ण अंगहरु जस्तै ः आ“खा,मुटु,मृगौला,दिमाग र रगततथा स्नायुकानसाहरुमा नराम्रो असर पु¥याई दीर्घकालीन रोगहरु निम्त्याउन सक्छ । तसर्थ मधुमेह रागको जा“च र उपचार बेलैमागर्नु आवश्यक हुन्छ ।

मधुमेहबाट बच्ने उपायहरु
१.शारीरीक रुपमा सक्रिय रहने । जस्तै ः हरेक दिनकम्तिमा ३० मिनेट जतिहल्कापसिनाआउने गरी हि“ड्ने वा योगागर्ने वाकुनै न कुनै रुपमा शरीर सक्रियहुने त्रियाकलापगर्ने ।
२.उचाइअनुसार तौल कायम राख्ने ।
३.प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खाने ।
४.चुरोट, बि“डी, सूर्ति, तमाखु, खैनी, जर्दा आदि सूर्तिजन्य पदार्थहरुको सेवन नगर्ने ।
५.चिकित्सकको सल्लाहअनुसार नियमित उपचार गर्ने ।
६.छोरी, बुहारीलाईपौष्टिक आहार खुवाउने ।
७.बच्चालाई २ बर्षको उमेरसम्म स्तनपन गराउन प्रोत्साहित गर्ने ।

मधुमेहलाई कसरी नियन्त्रणमा राख्ने:

मधुमेहको किसिम, बिरामीको अवस्थातथा दैनिक कामको प्रकृतिआदिलाई ध्यानमा राखीयसको उपचार गरिने भएकाले मधुमेहका बिरामीहरु विज्ञ चिकित्सकको परामर्शमा रहनु जरुरी हुन्छ । संयमित एवं सन्तुलित खानपान, नियमित व्यायाम र आवश्यकता अनुसारको सही औषधि वा इन्सुलिनको प्रयोग गरेर मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ ।

संयमित खानपान
मधुमेह रोगीले आफ्नो खानाबारे थाहापाइराख्नु पर्दछ । मधुमेह रोगीहरुले निम्न प्रकारका खानेकुरा खाए हुन्छ ।
१.कार्बोहाइड्रेटयुक्त खाना जस्तै ः भात, आलु कमखाने ।
२.चिल्लो वाबासो नभएको मासु खाने तर रातो मासु धेरै नखाने ।
३.अण्डा र ताजा माछा ठिक्क मात्रामाखाने ।
४.पर्याप्त ताजा सागसब्जी, बन्दा, काउली, काक्रो, भन्टा, साग, गोलभेडा, मुला, गांजर प्याज र ताजा फलफूल खाने ।
५.अमिलो अचार खाने ।
६.झोल वा सुप खाने ।
७.नुुन कम खानु ।
८.चिनी कम भएको चिया वा कफी कम मात्रामा पिउन सकिन्छ ।
९.तरकारी बनाउन प्रयोग गरिने तोरी अथवा भटमासको तेल कम मात्रामा खान हुन्छ ।
१०.धेरै रेसादारयुक्त गहुं मकै । कादो, फपर जस्ता खाना चिनी रोगीहरुले खानु राम्रो हुन्छ । धानबाट तयार हुने भात, चिउरा आदिको सट्टा गहु“, मकै जस्ता अन्य खानाहरुमा कार्बोहाइडेटको मात्रा तुलनात्मक रुपमा कम हुने हु“दा त्यसतर्पm ध्यान पु¥याउनु उचित हुन्छ । साथै दाल,साथसब्जी,फलफूलखानु बढी लाभदायक हन्छ । भातखानै नहुने त होइन परन्तु कोदा,मकै आदिबाट निर्मित खानेकुरा ढिडो, रोटीतर्फ ध्यान दिदा शरीरमा कार्बोहाइडेटको मात्रा केही कमभई रगतमा चिनीको मात्रा कमहुन सक्छ ।

निम्न प्रकारका खानाहरु खानु हुदैन वा कमखाने:
१.चिनी र चिल्लो बोसायुक्त प्रशोधित खानेकुराहरु जस्तै ः चिनी, सख्खर, जुस, जाम, मह, चकलेट, मिठाई,गुलियो पेयपदार्थ, हर्लिक्स, खुवा, चाकु, केक, आइसक्रिम, बिस्कुट, घ्यु, नौनी,बासो, तारेको वा  भुटेको खाना ।
२.चुरोट, बि“डी,सुर्ति, तमाखु, खैनी, जर्दा आदि सुर्तिजन्य पदार्थहरुको सेवन नगर्ने ।
३.बियर, रक्सी जस्ता अल्कोहलयुक्त पदार्थ सेवन नगर्ने ।
४.लामो समयसम्म भोकै नबस्ने ।
५.व्रत नबस्ने । यसो गर्दा रगतमा चिनीको मात्रा घट्न गई बिरामी बेहोस पनि हुनसक्छ ।

शारिरीक व्यायाम:
मधुमेहका बिरामी शारीरिक रुपमा सक्रिय रहनुपर्दछ । जस्तैः हरेक दिन कम्तिमा ३० मिनेटदेखि १ घण्टासम्म हल्का पसिनाआउने गरी हिड्ने, खेतबारीमा हल्का काम गर्ने,साइकल चलाउने सामान्य खेलकुदमा सहभागी हुने, पौडी खेल्ने आदि जस्ता क्रियाकलाप नियमित रुपमा गर्दा मधुमेह नियन्त्रण हुने मात्र नभई तौल, उच्च रक्तचाप र रगतमा चिल्लोपना घट्न मद्दत पुग्छ ।

नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने ः
१.रगतमा सुगरको नियमित जा“चगर्ने ।
२.तौलको नियमित जा“चगर्ने ।
३.रक्तचापको नियमित जा“चगर्ने ।
४.कमसेकम वर्षको एकपल्ट अ“ाखाको नानी फुलाएर आखाको जा“चगर्ने ।
५.खुट्टाको नियमित जा“च (फुटेको, घाऊ, चोटपटक लागेको) गर्ने ।
६.वर्षको कमसेकम एकपल्ट पिसाबमा एल्बुमिन (albumin)एल्बुमिन छैन भने पिसाबमा माइक्रोएल्बुमिन(microalbumin)को जाचगर्ने ।
७.चिकित्सकको परामर्समा बर्षको २-४ पल्ट रगतमा २-३ महिनाको अन्तरमा सुगरको अवस्थाबारे जानकारी दिने Glycatedhaemoglobin or HbA1C or A1C को जाचगर्ने ।
८.कमसेकम बर्षको एकपल्ट रगतमा मृगौला सम्बन्धी परक्षण जस्तै ः युरिया(urea) र क्रिएटिनिन×(creatinine)को जाचगर्ने ।
९.कमसेकम बर्षको एकपल्ट रगतमा भएको बोसोको मात्राको जाच (lipid profile)गर्ने ।
अन्य नियमित बाहेक चिकित्सकसंग सल्लाह गरी आवश्यक अन्यजा“चहरु गर्नुपर्छ । जस्तै ः मुटुको लागि ECG, दा“तको जा“च आदि पनि गर्नु वेश हुन्छ ।

मधुमेहको उपचार:
१.मधुमेहको उपचार लामो र केही जटिल भएकोले विज्ञ चिकित्सकको निरन्तर सम्पर्कमा रहनुपर्छ ।
२.मधुमेहका रोगीहरुलाई झाडापखाला लागेर पुनर्जलिय उपचार गर्नुपरेमा ग्लुकोजरहित IV fluid वा अन्य पुनर्जलिय झोल खानदिनु वेश हुन्छ ।
३.मधुमेहविरुद्धको चक्की औषधीले नियन्त्रण नभएमा चिकित्सकको सल्लाहअनुसार इन्सुलिन पनि दिनुपर्ने हुनसक्छ ।

रगतमा चिनीको मात्रा कम हुने अवस्था(Hypoglycemia)
१. भर्खर जन्मेका बच्चाहरुमा, कुपोषित अवस्थामा, चिनी रोगको उपचार गराइरहेका व्यक्तिहरुमा, औलो ग्रसित बच्चाहरुमा आदि ।
२.थोरै खाएर यात्रा गर्नेहरुमा बढी हुने गर्दछ, त्यस्तै धेरै शारीरिक परिश्रम गर्ने, गर्मी ठा“उमा बस्ने, रक्सी खाने, तनावमा रहनेहरुलाई रगतमा चिनीको मात्रा कमहुन सक्दछ ।
तुरुन्त उपचारर नपाएमा बिरामीको मृत्यु पनि हुन सक्दछ ।

रगतमा चिनीको मात्रा कम हुने लक्षणहरु र चिन्हहरु:
१.धेरै भोकलाग्नु, झिझिनु, कम्पहुनु
२.रिगटा लाग्नु, मुर्छा पर्नु, पसिना आउनु
३.पेट दुख्नु, बान्ता हुनु
४.नवजात शिशुहरुमा मुर्छा पर्ने समेत हुन्छ ।

उपचार:
१.नशाबाट वा मुखबाट ग्लुजको मात्रा पु¥याउने
२.चिकित्सकको सल्लाहमा औषधिवा इन्सुलिनको मात्रा थप गर्नुपर्ने हुन सक्छ ।

रगतमा चिनीको मात्रा बढी हुने अवस्था(Hyperglycemia)
यो अवस्था अनियन्त्रित मधुमेहमा भनिन्छ । साथै चिनी रोग लागेर संक्रमण भयो भने यो अझ जटिल बन्दछ ।

उपचार ः
१.प्रशस्त मात्रामा चिनीरहितझोलिलो पदार्थ दिने
२.नशामार्फत् नर्मल सलाइनको सुई दिने ,
४.Insulin को व्यवस्थागर्ने ।
३.यो अवस्थागर्भवती र प्रसव अवस्थामा बढी खतरनाक हुने हुदा त्यसतर्फ ध्यानदिनु उचित हुन्छ ।

तपाईको प्रतिक्रिया