banner_11
सञ्जय चौधरी
१ भाद्र, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
पूर्वी चितवनका उद्योगी व्यवासायीहरूलाई उर्जा क्षमता तथा उर्जा व्यवस्थापन सम्वन्धी प्रशिक्षण दिइएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल सरकार तथा जर्मन सरकारको सहयोगमा आज रत्ननगरमा एक कार्यक्रमको आयोजना गरि उद्योगी व्यवसायीहरूलाई प्रशीक्षण दिईएको हो ।
संघका अध्यक्ष ज्ञान वहादुर विसुरालले कार्यक्रमको सभापतित्व गर्नुहुँदैं उर्जाको खपत, उद्योगहरूमा उर्जाको प्रयोग, प्राविधिक उपाय, उर्जा संकट कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिनुभएको थियो । उहाँले उद्योगधन्दा, कल–कारखाना मात्र नभई सर्वसाधारणको दैनिकी पनि ऊर्जाको अभावमा प्रभावित भइरहेको बताउनुभयो । उहाँले यस विषम परिस्थितिमा औद्योगिक ऊर्जा व्यवस्थापन आयोजनाले उद्योग वाणिज्य संघ सँग सहकार्य गरेर सञ्चालन गर्न गइरहेको यस कार्यक्रमको आफ्नो छुट्टै महत्व र उपयोगिता रहेको धारणा व्यतm गर्नुहुँदैं यस किसिमका उर्जा क्षमता अभिवृद्धि कार्यक्रमले उर्जा खपतको परिमाणलाई धेरै हदसम्म अनुकुल बनाउन थप सहयोग पुर्याउने कुरामा जोड दिनुभयो ।
उद्योग वाणिज्य महासंद्यका उर्जा तथा वातावरण प्रमुख उत्तम कुवरले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नुहुँदैं सर्व साधारण जनताले आफ्नै घर भित्र उर्जा बचत गर्न नस्क्नु चुनौती रहेको बताउनुभयो । उहाँले उद्योगहरुलाई लक्षित गरी औद्योगिक उर्जाको व्यवस्थापन बारे सचेतना जगाई उर्जा क्षमताको अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्वी चितवनमा रहेका धातु उद्योग, कृषि तथा खाद्य उद्योग लगाएत अन्य उद्योग सञ्चालकहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया