महेश पाण्डे
११ भाद्र, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन समाचार डेस्क
गर्मीको बेला त्यसमा पनि चितवनको । हरेकलाई गर्मी छल्ने माध्यम चाहिएको छ । त्यसैले पनि होला स्विमिङ गर्न पनि पाईने र मनोरञ्जन पनि हुने भएकाले हंश मनोरञ्जन केन्द्रमा दर्शकको भिड निकै धेरै थियो । अझ त्यसमा पनि युवा युवतिको संख्या उल्लेख्य रहेको थियो । त्यो ठांउ हो पुर्वी चितवनको मुटु रत्ननगर–८ मा रहेको हंश मनोरञ्जन केन्द्र । प्रत्येक वर्ष पुल पार्टी गर्ने सोच अनुरुप यो वर्ष पनि भाद्र ११ गते शनिवारको दिन पुल पार्टी गरिएको हंश मनोरञ्जन केन्द्रका सञ्चालक मध्येका एक दिनेश कुमार चुकेले जानकारी दिए । शनिवार बिहान ११ बजे बाट ६ बजे सम्म उक्त उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकारको साथमा स्थानीय कलाकारहरु डि.जे. कृष, डि.जे. सफार, स्तभ्द ब्याण्ड, द अक्टिभ ब्याण्ड लगाएतको प्रस्तुती रहेको थियो । चुकेले प्राकृतीक बिपत्तीका बेला पौडी खेल्न नजानेर अकालमा धेरैले ज्यान गुमाउनु परेको उदाहरण दिदै सबैले अनिवार्य रुपमा पौडी खेल्न जाने भैपरी आउने त्यस्ता दुर्घटनाबाट बच्न सकिने कुरामा जोड दिए । कार्यक्रममा सहभागी हुन करिब १ हजार भन्दा बढि दर्शकहरु पुर्वी चितवनका बिभिन्न ठांउबाट आएका थिए ।
दिनेश कुमार चुकेले हंश मनोरञ्जन केन्द्रमा हाल मंनोरञ्जनसंगै खान र बस्नको ब्यवस्था गरिएको पनि जानकारी गराउदै छिट्टैनै पुर्वी चितवनमा डिजीटल सिनेमा हल र आधुनीक चिल्ड्रेन पार्क को पनि शरुवात गर्ने सोच रहेको कुरा बताए । हाल ९ जना सञ्चालकहरुद्धार सञ्चालीत रहेको हंश मनोरञ्जन केन्द्र हाल सञ्चालक समितीबाटनै सञ्चालीत रहेको जानकारी दिदै पुल डान्स पार्टीमा पहिलै बुकीङ् गर्नेलाई रु १०० टिकट र त्यहि दिन बुकिङ् गर्नेलाई रु २०० को टिकट को ब्यवस्था गरिएको थियो । कार्यक्रममा दर्शकको उपस्थिति हेर्दा कार्यक्रमलाई निकै सफल मान्न सकिन्छ ।