महेश पाण्डे
१३ भाद्र, खैरहनी, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

चितवनमा रहेका ७ वटा जेसीसको संयुक्त आयोजनामा भाद्र १२ गते आईतबार देखी संयुक्त जेसीस सप्ताह–२०७३ खैरहनी बाट शुरु भएको छ । पर्सा खैरहनी जेसीस, सौराह जेसीस, गितानगर जेसीस, शारदानगर जेसीस, नारायणगढ जेसीस, नारायणगढ लेडी जेसीस तथा बिस हजारी जेसीसको संयुक्त आयोजनामा उक्त कार्यक्रम शुरु भएको हो भने पहिलो दिनको कार्यक्रमको आथीत्यता भने पर्सा खैरहनी जेसीस तथा सौराह जेसीसले गरेका थिए ।
IMG_20160828_092350
साप्ताहीक कार्यक्रम भए पनि केही समय अघि जेसीसमा देखीएको समस्याका कारण यस पालीको कार्यक्रम ३ दिनको बनाईएको आयोजकले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाल जेसीसका पुर्व कार्यकारी उपाध्यक्ष तथा पर्सा खैरहनी जेसीसका संस्थापक केशवराज पाठक, बिशिष्ठ अतिथीका रुपमा नेपाल जेसीसका पुर्व कार्यकारी उपाध्यक्ष प्रकाश अधिकारी, अतिथीहरुमा क्रमसः खैरहनी उद्योग वाणीज्य संघ खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठ, ई.प्र.का खैरहनीका प्रहरी निरीक्षक जि.बी कार्की, नेपाल जेसीसका पुर्व राष्ट्रिय उपाध्यक्ष असोक शंकर, नेपाल जेसीसका पुर्व कोषाध्यक्ष बिष्णु लम्साल लगाएतका रहेका थिय ।
IMG_20160828_095218
३ दिन सम्म चल्ने कार्यक्रममा पहिलो दिन उद्घाटन कार्यक्रमसंगै चैनपुर र सौराहामा रहेका चेपाङ्ग र मुसहर बस्तिमा १२५ वटा झुल बितरण, दोस्रो दिन १३ गते सोमबार गितानगर जेसीस र शारदानगर जेसीसको संयुक्त पहलमा १ दिने उद्घोषण तथा ब्यक्तित्व बिकास तालिम र अन्तीम दिन मंगलबार नारायणगढ जेसीस र नारायणगढ लेडी जेसीसको संयुक्त आयोजनामा नारायणगढमा समापन कार्यक्रम सम्पन्न हुनेछ । कार्यक्रममा बोल्ने अधिकांस अतिथीले जेसीस एउटा सामाजीक संस्था भएकोले यसले समाजमा रहेका दुःखी गरिबको सेवा र सामाज बिकासको लागी लाग्नु पर्ने बताए । कार्यक्रम पर्सा खैरहनी जेसीसका कार्यकारी उपाध्यक्ष हरी प्रसाद सापकोटाको संयोजकत्व र पर्सा खैरहनी जेसीस का अध्यक्ष सुवल सडौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
IMG_20160828_094632
IMG_20160828_092338

तपाईको प्रतिक्रिया