
स्वागत तथा तिज बिशेष कार्यक्रम सम्पन्न ।
महेश पाण्डे
१७ भाद्र, रत्ननगर, चितवन
नेपालीको आवाज मनोरञ्जन डेस्क
रत्ननगर–८ मा दुरसंञ्चार रोडमा रहेको क्वेष्ट मोडल कलेजमा शुक्रबार स्वागत तथा तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ । क्वेष्ट मोडल कलेज तथा प्यारागन उच्च माध्यामीक बिद्यालयमा अध्ययनरत कक्षा १२ का बिद्यार्थीहरुले उक्त कार्यक्रमको आयोजना गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा सत्य साई स्वर्णीम टोल बिकास संस्थाका अध्यक्ष पर्शुराम घिमीरे, बिशिष्ट अतिथीमा कलेज ब्यवस्थापन समितीका अध्यक्ष निराजन खनाल, कलेजका क्याम्पस प्रमुख जगदिश चन्द्र शर्मा, बिद्यालय अभिभावक संघका अध्यक्ष रमाकान्त पौडेल लगाएतका रहेका थिए ।
कार्यक्रममा बोल्दै अतिथीहरुले यस्ता कार्यक्रमले बिद्यार्थीहरुमा नया उत्साहसंगै चिन जान गर्ने वातावरण मिल्ने र मनोरञ्जन पनि प्राप्त हुने बताए । कार्यक्रममा बिद्याथीहरुले बिभिन्न किसीमका नृत्य तथा गाएनकला प्रस्तुत गरेका थिए । कलेजका क्याम्पस प्रमुख जगदिश चन्द्र शर्माको संयोजन तथा निर्देशनमा सञ्चालीत उक्त कार्यक्रम कक्षा १२ का बिद्यार्थी सुदिप भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।