महेश पाण्डे
१८ भाद्र, चितवन
नेपालीको आवाज अनलाईन समाचार डेस्क

पुर्वी चितवनमा रहेको ३ वटा लायन्स क्लब क्रमशः लायन्स क्लब अफ चितवन राईनो सिटी, लायन्स क्लब अफ रत्ननगर मिड नेपाल तथा लायन्स क्लब अफ रत्ननगर पिसको संयुक्त आयोजनामा शनिवार भरतपुरमा रहेको मानव सेवा आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन कार्यक्रम सम्पन्न भएको छ ।
IMG_7459
कार्यक्रममा प्रमुख अचितथीको रुपमा लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ बि २ का पुर्व गर्भनर लायन राज कुमार श्रेष्ठ, बिशिष्ठ अतिथी मानव सेवा आश्रमकी अभियन्ता अनिता अधिकारी , रिजन चियर पर्शन लायन राम कुमार तिवारी लगाएतका रहेका थिए । कार्यक्रममा बोल्ने सम्पुर्ण अतिथीले मानव सेवा जस्तो कार्य केही नहुने भन्दै यस्तो मानवीय कार्यमा सबैजना लाग्नुपर्ने बताउका थिए ।
IMG_7469
संस्थामा रहेका सम्पुर्ण जेष्ठ नागरीकलाई आयोजकले नेपालीहरुको महान चाड हरितालीकाको शुभकामना सहित खाना खुवाएका थिए । लायन्स क्लब अफ रत्ननगर पिसका अध्यक्ष लायन कृष्ण लाल श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रम लायन्स क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष लायन शुरेश चन्द्र आचार्यले सञ्चालन गरेका थिए भने कार्यक्रम लायन्स क्लब अफ चितवन राईनो सिटीका अध्यक्ष उमेश गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
IMG_7477
IMG_7500
IMG_747814233177_1416542815027545_8991232219516658910_n” class=”alignnone size-full wp-image-1452″ />

तपाईको प्रतिक्रिया