महेश पाण्डे
२३ भाद्र, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

ई.प्र.का टांडीका प्रहरी नायव उपरिक्षक जयराज सापकोटाको मंगलवार एक कार्यक्रमका बिच बिदाई गरिएको छ । पुर्वी चितवनमा रहेका ३ वटा लायन्स क्लब क्रमशः लायन्स क्लब अफ चितवन राईनो सिटी, लायन्स क्लब अफ रत्ननगर मिड नेपाल र लायन्स क्लब अफ रत्ननगर पिसको संयुक्त आयोजनामा सौराहाचोकमा रहेको टाईम्स क्याफेमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
1
कार्यक्रममा प्रमुख अतिथीको रुपमा ई.प्र.का टांडीका प्रहरी नायव उपरिक्षक जयराज सापकोटा, बिशिष्ट अतिथीको रुपमा क्रमशः एरिया को चिफ निरज श्रेष्ठ, ई.प्र.का टांडीका इन्सपेक्टर मधु नेपाल, अन्य अतिथीहरुमा लायन्स क्लब अफ रत्ननगर पिसका अध्यक्ष कृष्ण लाल श्रेष्ठ, लायन्स क्लब अफ रत्ननगर मिड नेपालका सचिव महेश पाण्डे, पत्रकार रामु आचार्य लगाएतका रहेका थिए ।
IMG_20160906_103730
कार्यक्रममा बोल्ने अधिकांश अतिथीले डिएसपी सापकोटा प्रहरीले हाल सञ्चालन गरेको प्रहरी मेरो साथी जस्तै सबैका प्रीय बन्नु भएको र हाल सरुवा र बढुवा भएर अञ्चल प्रहरी कार्यालय जनकपुर जान लाग्नु भएकाले उहालाई बधाई सहित भविष्यमा चितवनलाईनै कार्यक्षेत्र बनाई आउन आग्रह गरेका थिए । त्यस्तै प्रमुख अतिथी सापकोटाले आफु रत्ननगरमा रहदा आफुले सकेको गरेको र नाकाबन्दिको कारण अझ तेल ब्यवस्थापनमानै लाग्दा कम गर्न पाएको बताए । त्यस्तै उनले भाग्यले साथ दिए आफु बढुवा भई कार्यक्षेत्र रोज्न पाए चितवनमानै आउने र जो कोही प्रहरीलाई यसरीनै बिदाई होस भन्ने चाहाना हुनेहुंदा रत्ननगरको छोटो बसाईमा आफुले राम्रैकाम गरेकोले सबैको साथीबन्न पाएकोमा खुसी ब्यक्त पनि गरे ।
IMG_20160906_103817
कार्यक्रममा उनलाई सम्झना स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । लायन्स क्लब अफ रत्ननगर मिड नेपालका प्रथम उपाध्यक्ष जगदिश चन्द्र शर्माले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम लायन्स क्लब अफ चितवन राईनो सिटीका अध्यक्ष उमेश गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
IMG_20160906_113257

तपाईको प्रतिक्रिया