14248952_1200157576722862_614451282_n
मानिस जन्मेपछि समाजप्रति उत्तरदायी हुनुपर्छ, यहि सोचलाई आत्मासाथ गर्दै चितवनका राहुल कुमार सिंह सामाजिक कार्यमा निरन्तर लागि रहनुभएको छ । आधारभूत आवश्यकता पूर्ति संगै मानिसले अन्य आवश्यकता र अवसरको पहिचान गर्दै धन, मान, प्रतिष्ठा आदि आर्जन गर्न थाल्छ । व्यवसायीको पहिलो उदेश्य आफ्नो ब्यवसाय विस्तार र आर्थिक समुन्नति नै हुन्छ । व्यवसायलाई सामाजिक उत्तरदायीत्वको कोणबाट संचालन र योजना गर्ने क्षमता थोरै ब्यक्तिमा मात्र छ । सानै उमेर देखि सामाजिक क्षेत्रमा रुचि राख्दै विभिन्न संघ संस्था मार्फत सामजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएका सिंहले विगतमा धेरै क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । स्वदेशमा नै बसेर समाजमा केही गरौ भन्ने सोचका साथ विभिन्न माध्यमबाट समाजसेवा र आफ्नो व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ राहुल कुमार सिंह ।वि स २०४९ सालमा जन्मनुभएका सिंहले आफनो अध्ययन चितवनमा गर्नुभयो । चितवनमा अक्षर चिन्नुभएको सिंहले चितवनमै कलेज स्तरको पढाई समेत पुरा गर्नुभयो । विविए स्तरको पढाई भारतको देहरादुनवाट पुरा गर्नुभयो । अहिले एमविए अध्ययनरत सिंहले शैक्षीक क्षेत्रमा पनि आफनो कामलाई अगाडी वढाउनु भएको छ । चितवनमा क्याच्ची एजुकेशन एण्ड टे«नीङ्ग कन्सलटेन्सीमा समेत आफनो जिम्मेवारी महत्वपुर्ण रुपमा पुरा गर्दै आउनुभएको छ । सयौ विद्यार्थीहरुलाई शिक्षाका बिषयमा सहजीकरण समेत गर्नुभएको सिंहले शिक्षाको चेतना विकास पछि मात्र समाज विकासको कल्पना गर्न सकिने बताउनुहुन्छ । विगत २ बर्ष अगाडी देखि चितवनमा रहेको क्याच्ची एजुकेशन एण्ड टेनीङ्ग कन्सलटेन्सी प्रालिको शाखा प्रमुखको रुपमा रहेर काम गर्दै आउनुभएका सिंहले वैदेशिक अध्ययनका लागि जान चाहाने विद्यार्थीहरुका लागि सत्य,तथ्य शिक्षा र उपयुक्त वाटोको बिषयमा शिक्षा दिदै आएको बताउनुहुन्छ ।
एक दर्जन भन्दा वढि संस्थामा आवद्ध रहेर विभिन्न सामाजिक काममा समेत उहाँ सक्रिय हुदै आउनुभएको छ । परिवारको राम्रो शिक्षाका कारण आफ्नो उद्देश्य पाप्तिका लागि एकाग्रतामा लाग्नुभयो सिंह । अहिले उहाँसँगका साथीहरु कहाँ छन् ? उहाँ कुन लेवलमा हुनुहुन्छ । त्यो कुराको मूल्यांकन अरुले गरिरहेका छन् । उहाँसँगका साथीहरु उहाँको लेवलमा पुग्न सकेका छैनन् । सँगैका कतिपय साथीहरु लफङ्गा समेत भएर हिडिरहेका छन् । तर, सिंह आफ्नो व्यवसायसँगै सामाजिक कार्यमा लागिरहनु भएको छ । पछिल्लो समयमा समाज सेवामा अनगिन्ती संस्था खोलिनु अनि समाज सेवाका नाममा व्यापारिकरण गरिनुलाई सिंहले विरोध गर्नुभएको छ । उहा भन्नुहुनछ, ‘समाज सेवाका नाममा कतिपय मानिसहरुले व्यापारिकरण गरेका छन् कमाउ धन्दा गरेका छन् , त्यो राम्रो होइन, त्यसले क्षणिक सम्पत्ति त कमाउला तर, समाजले हेर्ने दृष्टिकोण फरक हुन्छ ।’ उसको सामाजिक प्रतिष्ठाको कुरा हुन्छ त्यसैले समाज सेवाका नाममा व्यापार गर्न नहुने सिंहको तर्क छ । सोचे के हुँदैन’ भन्ने प्रश्नको गतिलो उदाहरण बन्नु भएको छ सिंह । त्यसैले उद्देश्य प्राप्तिका लागि एकाग्रता हुनुभएका सिंह यतिवेला एउटा सफल व्यवसायी र समाजसेवीका रुपमा चिनिनुभएको छ ।मिडिया लगायत सबै खाले कार्यक्रमको एउटै आधार रहेको मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको गौरवमय दोस्रो बार्षिकोत्सवको अवसरमा आयोजन गर्ने सम्पूर्ण कार्यक्रमको कार्यक्रम सयोजक समेत रहेका सिंहले यो समयमा सामाजिक क्षेत्रमा सहयोगको भावनालाई अझै फरकीलो वनाउने सोच वनाउनुभएको छ । हरेक व्यक्तीले सम्भव भए सम्मको सहयोग समाज क्षेत्रमा लगानी गर्न सके परिवर्तन सम्भव रहेको सिंह वताउनुहुन्छ । आफुले सेवालाई नै सवैभन्दा ठुलो सम्पतीको रुपमा लिदै आएको उहाँ बताउनुहुन्छ । सानै उमेरमा शिक्षा,व्यवसाय र समाजसेवामा लाग्नुभएका सिंहले भविष्यमा यि तिनवटै कुरालाई निरन्तर रुपमा अगाडी वढाउदै जाने बताउनुभएको छ ।सिंह यतिबेला सफल व्यावसायी र समाजसेवी हुनुहुन्छ । तर, उहाँलाई राजनीति प्रति खासै चासो छैन । उहाँ राजनीति गर्न रुचाउनुहुन्न । समाजसेवा गर्न राजनीति नै गर्नुपर्छ भन्ने होइन, खुल्ला दिलले समाज सेवा गर्नुपर्छ सिंहको तर्क छ । त्यसैले समाजसेवा संगसगै आफ्नो उद्देश्य प्राप्तीमा अगाडि बढिरहनुभएका सिंहबाट अरुले पनि केहि सिक्ने हो की ?

तपाईको प्रतिक्रिया