महेश पाण्डे
५ असोज, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
“राष्ट्रको मुल धनः वातावरण र शंरक्षण संगै युवाहरुको कृषी र पर्यटन” भन्ने नाराका साथ नेपाल जेसीसे क्षेत्र “ख” को सम्मेलन यहि असोज ७ र ८ गते सौराहा जेसीसको आतिथ्यतामा सौराहामा हुने मंगलबार रत्ननगरको टाईम्स क्याफेमा आयोजना गरिएको पत्रकार सम्मेलनगरि आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा प्रेस बिज्ञप्ती बाचन गर्दै कार्यक्रमका महासचिव प्रकाश चापागाईले उक्त कार्यक्रम २८ वटा शाखाको मुख्य कार्यक्रम भएतापनि देशभरिबाटनै करिब ७०० जनाको सहभागीता हुने जानकारी दिनु भयो ।
असोज ७ गते पहिलो दिन बिहान ११ बजे समुद्घाटन हुने उक्त कार्यक्रममा दिउसो २ बजे पछि सम्मेलनको प्रकरण माथी गोष्ठी आयोजना गरिएको छ भने असोज ८ गते दोश्रो दिन चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्धार–राप्ति नदि किनारबाट कार्यक्रम स्थल परिसर सम्म बिभिन्न कला सांस्कृतिक र झांकी सहित शान्ति पद यात्रा र सोही दिन अन्तराष्ट्रिय युवा प्रवचक सौनक भट्टको बिशेष प्रशिक्षण तथा जेसीस सदस्यहरुको क्षमता विकासको लागी वक्तृत्वकला, तालिम तथा वातावरणविद सन्तोष मणि नेपालको वातावरण संग सम्बन्धित प्रशिक्षण समेत रहने छ ।
कार्यक्रममा सौराहा जेसीसका अध्यक्ष रामशरण सिलवाल,सम्मेलन निर्देशक तथा सौराहा जेसीसका पुर्व अध्यक्ष शरद श्रेष्ठ, वर्ष २०१६ का महासचिव शिव प्रसाद पौडेल, सम्मेलन सह–निर्देशक तथा सौराहा जेसीसका पुर्व अध्यक्ष सुवास चन्द्र गौतम, नारायणगढ जेसीसका अध्यक्ष अर्जुन अधिकारी, रत्ननगर जेसीसका पुर्व अध्यक्ष निरज श्रेष्ठ, सम्मेलनका कोषध्यक्ष तथा सौराहा जेसीसका पुर्व अध्यक्ष कृष्ण लाल श्रेष्ठ लगाएतको उपस्थीती रहेको थियो ।