७ असोज। रत्ननगर, चितवन
नपालीको आवाज अनलाईन न्युज डेस्क

बालबालिकाको तथ्याङक संकलनको लागि गर्नुपर्ने पूर्व तयारीका बारेमा रत्ननगर उद्योग बाणिज्य संघ र रत्ननगर नगपालिकाले आज सरोवारबालहरुसंग अन्र्तक्रिया गरेका छन् ।
रत्ननगर नगरपालिकामा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रम अन्र्तगत नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघले बालबालिकाको तथ्याङक संकलन गर्न लागिएको हो । रत्ननगर नगरपालिकाका भित्रका श्रमिक बालबालिकाको अबस्था बुभ्mन तथ्याङक संकलन गर्न लागिएको बालसंरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक दिपककुमार कर्मचार्यले जानकारी दिए ।
IMG_20160922_111155
नगरपालिका र संघले श्रमिकबालबालिका तथ्याङक संकलन संकलन गरी उनीहरुलाई परिवारमा पुर्नस्थापना र शिक्षाको लागि काम गर्ने छ । तथ्याङक संकलन गरिसकेपछि श्रमिक बालबालिकाको यथार्थ विवरण आउने । असोज १० गतबाट तथ्याङक संकलनको काम सुरु हुने संघले जनाएको छ । त्यसका लागि ४० जना संकलकहरु नियुक्ति गरिसकेको संघका अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिए ।
IMG_20160922_121314
संकलकहरु रत्ननगरका करिब २१ हजार घर धुरीमा पुगेर यथार्थ विवरण संकलन गर्ने छन् । नगरबासीको घरघरमा पुगेर संकलकहरुले बालबालिकाको संख्या, स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिएर फारम भर्नेछन । श्रामिक बालबालिकाको संख्या र स्थिति थाहा पाउन होटल, लज, उद्योग, कल कारखानामा पनि संकलकहरु पुगेर फारम भर्नेछन् । तथ्याङक संकलन गर्दा नगरको घरधुरी, जनसंख्या, महिला तथा बालबालिकाको अबस्था, स्वास्थ्य स्थिति सबै विवरण आउने भएकाले त्यो बालश्रम न्यूनीकरणसंगै नगरपालिकाले ठुलो सम्पत्ती आर्जन गर्ने नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख तेजेन्द्रनाथ लामिछानेले बताए ।

रत्ननगर उद्योग बाणिज्य संघले तथ्याङक संकलनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा बालश्रम संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमका सदस्यहरु, टोल विकास संस्थाका पदाधिकारी,वडा नागरिक मञ्चका पदाधिकारीहरु तथा पत्रकारहरुसंग अन्र्तक्रिया गरेको छ । कार्यक्रममा प्रध्यापक तथा तथ्याङक संकलन कार्यक्रमका श्रोत व्यक्ति कपिलदेब सुवेदीले कार्यक्रमको उद्देश्य र प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति रत्ननगर १२ का संयोजक पूर्ण पुरी, वडा नागरिक मञ्च वडा नम्वर १४ की संयोजक विष्णु भण्डारी कट्टेल, वडा नागरिक मञ्च वडा नम्वर ३ की संयोजक मीना गिरी, ज्योतिमय समुदायिक संस्थाकी अध्यक्ष शान्तिदेवी अधिकारी, टोल विकास संस्था वडा समनवय समिति वडा नम्वर ८ का संयोजक ज्ञानेन्द्रराज पाण्डे, वडा नम्वर ३ की संयोजक शिला आचार्य, वडा नागरिक मञ्च वडा नम्वर १ की संयोजक ऋतु गिरीलगायतले बोलेका थिए । कार्यक्रम संघका अध्यक्ष विसुरालको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया