०८ चितवन, असोज ।
नेपाल जेसीजको अञ्चलस्तरीय क्षेत्र ख सम्मेलन चितवनको सौराहामा आज देखि सुरु भएको छ । सौराहा जेसीजको आतिथ्यमा सुरु भएको सम्मेलनको नेपालमा तार रहित इन्टरनेटको आविष्कारक तथा म्याग्सेसे पुरस्कार विजेता डाक्टर महाविर पुनले उद्घाटन गरेका थिए । सम्मेलनको उद्घाटन समारोहमा वोल्न बक्ताहरुले आर्थिक तथा सामाजिक विकासको लागि युवाहरुले मुलुकको नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए । आर्थिक रुपमा देशलाई सवल बनाउने मुद्धहरु युवाहरुले वोक्नु पर्ने भन्दै त्यसको अगुवाई गर्न युवा पंक्तिलाई आग्रह गरेका थिए । संविधानप्रति समन्तुष्टी बढिरकेको भन्दै बक्ताहरुले संविधान कार्यान्वयको लागि युवाहरुले भूमिका खेल्नु पर्नेमा जोड दिए । कार्यक्रममा म्याग्सेसे पुरस्कार विजेता डाक्टर महाविर पुनले नागरिकको सहयोगमा आफुले राष्टिय आविस्कार केन्द्र स्थापना गर्न लागेको बताए । देशको आथिक र सामाजिक विकासको लागि कृषि र पर्यटनको विकाससंगै वातावरणलाई पनि जोगाउन आश्यक रहेको उनले बताए । कार्यक्रममा नेपाल जेसीजका राष्टिय अध्यक्ष रविन्द्र गुरुङले मुलुकको नेतृत्व युवाहरुले लिनुपर्ने बताए । उनले समाजलाई कुशल नेतृत्व हस्तान्तरण गर्न जेसीजको जन्म भएको बताए । जेसीआईका अन्र्तराष्टिय उपाध्यक्ष अम्जद हुसेनले नेपालको जेसीजको सञ्जाल उत्कृष्ट रहेको बताए । उनले अझै नेपालको जेसीजले अन्र्तराष्टिय क्षेत्रमा आफनो पहुँच पुर्याउन सक्नु पर्नेमा जोड दिए । कार्यक्रममा नेपाल जेसीजका राष्टिय कार्यकारी उपाध्यक्ष भेषजा काफ्लेले संविधान कार्यान्वयको लागि जेसीजमा आवद्ध युवाहरुले रणनीतिक भूमिका खेल्नुपर्ने समय आएको बताईन । सम्मेलनमा क्षेत्र ख अन्र्तगतका २८ शाखाका ४०० जना जेसीज सदस्यहरुको सहभागिता रहेको सम्मेलन आयोजक समितिका निर्देशम शरदबाबु श्रेष्ठले जानकारी दिए । उद्घाटन कार्यक्रम पछि सम्मेलनको पहिलो दिन प्रकरण गोष्ठी समेत भएको छ । गोष्ठीमा पूर्व अर्थमन्त्री डा.शंकर प्रसाद कोइरालले आर्थिक र पर्यटनको विकास,नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य अरुण सुमार्गीले उद्योग र पर्यटनको विकास र नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष डा. दिपक शाक्यले वातावरण र संरक्षणमा युवाको भूमिका सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनको अन्तिम दिन भोली वातावरण विद्हरु कर्ण शाक्यले वातावरण संरक्षण,सन्तोषमणि नेपालले वातावरण संरक्षणमा युवाहरुले खेल्नुपर्ने भूमिकबारे कार्यपत्र तथा अन्र्तराष्टिय युवा प्रवचक शौनक भट्टले नेतृत्व विकासका वारेमा प्रशिक्षण दिने सम्मेलनका महासचिव प्रकाश चापागाईले जानकारी दिए । उद्घाटन कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्टिय अध्यक्ष उत्तर चापागाई,नेपाल जेसीजका उपाध्यक्ष अन्जनबाबु खत्री,मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासुदेब ढुंगाना, सौराहा जेसीजका अध्यक्ष रामशरण सिलवाल,रत्ननगर जेसीजका अध्यक्ष नारायणवावु श्रेष्ठ लगायतले वोलेका थिए । नेपाल जेसीजका राष्टिय कार्यकारी उपाध्यक्ष भेषजा काफ्लेको अध्यक्षतामा भएको सो सो कार्यक्रममा सम्मेलनका निर्देशक शरदबाबु श्रेष्ठले कार्यक्रमको उद्देश्यका वारेमा प्रकाश पारेका थिए । दुई दिन सम्म चल्ने सम्मेलनले चितवनको पर्यटन विकासमा टेवा पुग्ने आयोजकको विश्वास छ ।