महेश पाण्डे,
१२ असोज, नारायणगढ, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
बिगत १२ वर्ष देखी शैक्षिक मरामर्श दिदै आएको ई–प्लानेट एजुकेशन प्लानेटले शैक्षिक अध्ययनका लागि अष्ट्रेलिया जान चाहाने विद्यार्थीलाई लक्षीत गरि असोज १५ गते शनिवार, घटस्थापनाको दिन पारेर भरतपुर गार्डेन रिसोर्टमा बृहत शैक्षिक सेमीनार गर्ने मंगलवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
कार्यक्रमको मुख्य आकर्शक भनेको अष्ट्रेलियाका बिभिन्न उत्कृष्ट विश्वविद्यालयबाट दिईने निशुल्क सेमीनार तथा एजुकेशन फेयर र अन्तराष्ट्रिय मोटिभेटर सुजित लाल्वानीबाट बिशेष प्रस्तुती रहने संस्थाका कार्यक्रम संयोजक देवराज कंडेलले जानकारी दिनुभयो ।
सेमिनार अवधिभर अष्ट्रेलियाको नया भिषा पोलिसीसंगसंगै मोटीभेटरबाट स्वेदशमा रहेपनि बिदेशमा रहेपनि आफ्नो मातृभुमीलाई कहिलै भुल्नुहुंदैन भन्ने बिषयमा सचेतना फैलाउने काम गरिने संयोजक कंडेलले जानकारी दिनुभयो । कंडेल आफैमा पनि करिब १२ वर्ष अष्ट्रेलियामा बसि त्यहाको बस्तुस्थितीलाई नजिकबाट नियालेको ब्यक्ति भएकोले शैक्षिक अध्ययनका लागि अष्ट्रेलिया जानचाहाने बिद्यार्थीले सेमीनारमा सहभागीहुंदा धेरै महत्वुर्णकुरा लिन सक्ने अनुमान लगाउन सकिन्छ ।