२० असोज, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क
रत्ननगरका दुई जना कलाकारले निर्माण गरेको लोक गीतको एल्बम कुरै नगर बुधवार विमोचन गरिएको छ । रत्ननगर १४ का टिकाराम लामिछाने र रत्ननगर ७ का गोविन्द अधिकारीले निर्माण गरेको सो अडियो एल्बम विमोचन गरिएको हो ।

सो एल्बममा कुरै नगर झुटो माया हो भने त सुरै नगर बोलको गीत एल्बममा समावेश गरिएको छ । सो गीतमा शब्द तथा लय गोविन्द अधिकारी र स्वर गोविन्द अधिकारी र दुर्गा सापकोटाले स्वर रहेको छ ।

रेडियो अपर्णका अध्यक्ष वेद प्रसाद आचार्य प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शिशिर सिंखडा, पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा, सचिव धु्रबराज खनाल, एम.एस मिडिया अध्यक्ष महेश पाण्डे,रेडियो अर्पणका सचिव सुरज पौडेल, कलाकार ध्रुव बहादुर कार्की लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विजया दशमी तथा शुभदीपावलीको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।













