160125-aedes-aegypti-mosquitos-1718_ad3dc880f8980c7f19d5e6e5360cd60e.nbcnews-fp-1200-800
महेश पाण्डे,
२१ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
चितवनमा डेंगु रोग माहामारीको रुपमा फैलिएको छ । हाल सम्म नेपालमानै १२५ जनामा यो रोग देखिएकोमा चितवनमा मात्र १०४ जना मा यो रोगका बिरामी पाईनुले पनि यस कुरालाई पुष्टि गर्छ । अझ त्यसमा पनि करिब ८४ जना रत्ननगरका र १० जना खैरहनीका बिरामी रहेका छन् भने भरतपुरका ४ जना बिरामी रहेका छन् । रत्ननगरमा मात्र ८४ जना बिरामी भेटीएपछि यसको नियन्त्रकालागि भन्दै ई.पि.डिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको टोलि चितवन आई पुगेको छ ।
14610733_1449589145056245_1435980857_n
सो टोलिले आज रत्ननगर नगरपालीका कार्यालयमा एक कार्यक्रम गरि डेंगु रोगबाट कसरि बच्ने भन्ने बिषयमा जानकारी दिएको थियो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम के.सी, ई.पि.डिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत द्धयः भिम प्रसाद सापकोटा र रेसेम लाल सापकोटा लगाएतकाको उपस्थिती रहेको थियो ।
14580379_1449589175056242_1952754632_n
कार्यक्रममा उपस्थित सम्र्पुणलाई डेंगु रोग के हो र यसबाट कसरी बच्ने भन्ने बारेमा जानकारी दिईएको थियो । कार्यक्रम रत्ननगर नगरपालीकाका सामाजिक बिकास शाखा प्रमुख तेजेन्द्र नाथ लामीछानेको सभापतित्वमा सम्पन्न भएको थियो ।
14608018_1449589158389577_1890272952_n
डेंगु ज्वरो लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । डेंगु विषाणु भाईरसद्धारा संक्रमित भएको एडिस एनिप्टाई जातको पोथी लामखुट्टेबाट यो रोग सर्दछ । रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्र भन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले स–साना सफा पानी जमेको स्थानमा फूल पार्ने गर्छ । गर्मी र वर्षाको मौसममा मध्य र पश्चिमका तराईका जिल्लाहरुमा यसको विरामीहरुको संख्या ह्वात्तै बढ्ने गरेको पाइन्छ। यी मौसममा यो रोग सार्ने लामखुट्टे प्रशस्त मात्रामा हुनाले पनि यो रोग बढि देखिने गरेको हो। आज यहि डेंगु रोगका बारेमा केहि जानकारी दिने प्रयास गर्दैछु।

डेंगु ज्वरो भनेको के हो?
यो डेंगु भाइरसको संक्रमणले गर्दा लाग्ने रोग हो। यो भाइरस ४ प्रकारका हुन्छन्। डेंगु भाइरस-१, २, ३ र ४ (DENV-1, 2, 3, 4)। एक खालको भाइरसको संक्रमणबाट यो रोग लागेपछि जीवनभरलाई त्यो भाइरसबाट सुरक्षा मिल्छ, अर्थात् एकपटकको संक्रमणपछि लाइफ लंग इम्युनिटि (lifelong immunity) हुन्छ। तर अन्य प्रकारका डेंगु भाइरसको संक्रमणबाट भने केहि समयलाई मात्र सुरक्षा हुन्छ र त्यो लागेपछि त्यसका जटिल समस्याहरु आउने सम्भावना बढेर जान्छ।
डेंगु ज्वरोका तीन अवस्थाहरु हुन्छन्।
१. साधारण डेंगु ज्वरो (Dengue Fever)
२. डेंगु हेमोरेजिक ज्वरो (Dengue Hemorrhagic Fever)
३. डेंगु शक सिन्ड्रोम (Dengue Shock Syndrome)
यो भाइरस एडिज लामखट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ।

डेंगु ज्वरोका लक्षणहरु के के हुन्?
यसका मुख्य लक्षणहरु अत्यधिक ज्वरो आउने (१०४-१०५ डिग्री फरेन्हाइट सम्म), सम्पूर्ण शरीर दुख्ने, छालामा राताराता दागहरु देखिने हुन्। अत्यधिक जीउ दुख्ने भएकोले यस रोगलाई अंग्रेजीमा ब्रेकबोन फिभर (Breakbone Fever) पनि भनिन्छ।

तपाईको प्रतिक्रिया