०३ कार्तिक, रत्ननगर, चितवन
नेपालीको आवाज मनोरञ्जन डेस्क
बोक्सी प्रथा विरुद्ध जनचेतना जगाउन निर्माण सुरु गरिएको चलसिचत्र अग्निदहनको चितवनमा छायाङकन गरिएको छ । काठमाडौंमा छायङकन सुभारम्भ गरिएको सो चलचित्र युनिटले मंगलवार चितवन आएर पत्रकार सम्मेलन गरी चलचित्र निर्माण गर्नूको उद्देश्यका वारेमा जानकारी गराएको हो । रत्ननगर ५ चित्रसारीको थारु बस्तीमा चलचित्रको छायाङकन गरिएको हो ।
IMG_20161018_151508
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान काठमाडौंले निर्माण सुरु गरिएको चलचित्रमा घनश्याम लामिछानेले निर्देशन गरेको छन । चलचित्रको संरक्षकमा भूबनेश्वर शर्मा पौडेल र मोहनराज पौडेल रहेका छन ।

IMG_20161018_152521
पत्रकार तथा लेखक लोकमणि पौडेलले बोक्सी प्रथा विरुद्ध लेखेको उपन्यासको कथाबस्तुलाई अग्निदहन नाम दिएर चलचित्र बनाईएको हो । चलचित्रको छायाङकन दीर्घ गुरुङ र विवि अनुरागीले संगित भरेका छन । चलचित्रमा अनुपमा भण्डारी,प्रमिला तुलाचन,प्रकाश घिमिरे,माओत्से गुरुङ,तुलासा जिसी,लक्ष्मण ढुंगाना,नविन घायल,दुर्गा न्यौपाने,ओमराज पौडेल,कृष्ण बहादुर कुँवर,माधबशरण पौडेल,शरला कुमारी पाण्डे र अर्जुन न्यौपानेले अभिनय गरेका छन । सो चलचित्रको चितवनमा पनि छायाङकन गरिएको छ । चलचित्रको काठमाडौं,पोखरा,चितवन र हेटौडामा छायाङकन गर्ने योजना रहेको लेखक लोकमणि पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया