14875176_1138953956140114_1018221268_n
१२ कात्तिक, रत्ननगर, चितवन,
नेपालीको आवाज अनलाईन न्युज डेस्क
लायन्स क्लब अफ रत्ननगर मिड नेपालले तिहारको अवसरमा अनाथ बालबालिकाको आश्रय स्थल सानोघरमा खाद्यान्न तथा स्टेर्सनरी सामाग्री बितरण गरेको छ ।
14881502_1138954329473410_851151618_o
रत्ननगरस्थित टाँडीमा रहेको सानोघरमा आश्रित अनाथ बालबालिकाहरुका लागी लायन्स क्लब अफ रत्ननगर मिड नेपालले सहयोग गरेको हो ।
रत्ननगर क्षेत्रमा सकृयताका साथ सामाजिक काममा जुट्दै आएका लायन्सका अगुवाहरुले दिपावली पर्वको पुर्वसन्ध्यामा आश्रमका बालबालिकाहरुलाई सहयोग गरेका बताए ।
14886338_1138954369473406_1225466498_n
क्लबका अध्यक्ष लायन सुरेशचन्द्र आचार्यको सभापतित्वमा भएको कार्यक्रममा पुर्व डिष्ट्रीक गभर्नर लायन राजकुमार श्रेष्ठ प्रमुख आतिथ्यता थियो ।
डिष्ट्रीक चिफ लायन दिननाथ न्यौपाने, लायन नारायण प्रसाद शर्मा, सानोघरकी सञ्चालिका बिमला श्रेष्ठ, एरिया को चिफ कोर्डीनेटर निरज श्रेष्ठ, जोन चियर पर्सन राजकुमार तिवारीको उपस्थितीमा सो सामाग्री बितरण गरिएको थियो ।
लायन दिलिप सुबेदीले संयोजन गर्नुभएको उक्त कार्यक्रम लायन प्रकाश शर्माले सञ्चालन गर्नुभएको थियो ।
14825827_1138954159473427_1876357948_n
14886187_1138954426140067_969419020_n

तपाईको प्रतिक्रिया