
१५ कार्तिक, रत्ननगर चितवन
नेपालीको आवाज अनलाईन पत्रिका न्युज डेस्क
प्रजातान्त्रिक विचार समाज चितवन शाखाले रत्ननगर १, बकुलहरमा रहेको भानु प्रेरणा पुस्तकालयमा शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम सम्पन्न गरेको छ । शुभदिपावली ,नेपाल सम्वत् तथा छठ पर्व–२०७३ को अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाल मेडिकल एसोसियसनका वरिष्ट उपाध्यक्ष तथा वीर अस्पतालका वरिष्ट नाक ,कान घाटी विशेषज्ञ चिकित्सक प्राध्यापक डा. ढुण्डीराज पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा रहेको विकृति हटाउन डा. गोविन्द के.सि.का माग अविलम्ब पुरा गरि नेपालको लोकतान्त्रिक संस्कारलाई ठाडो चुनौती दिने लोकमान र लोकमान प्रवृति अन्त्य गर्दै संवैधानिक सर्वाेच्चताको गरिमा कायम बनाउदै महाभियोगलाई पास गराउन प्रजातान्त्रिक अभ्यासलाई वकालत गर्ने कांग्रेसले को कसको प्रस्ताव नभनिकन पारीत गराउन आग्रह गर्नुभएको छ ।
समाजका जिल्ला अध्यक्ष डा. कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वी चितवन क्षेत्रमा सक्रिय कांग्रेसका नेता कार्यकर्ता लगायत समाजका अग्रणी व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।कार्यव्रmममा विशिष्ट अतिथि नेपाली कांग्रेसका क्षेत्रिय सभापति कुमार कार्की ,रत्ननगरका सभापति रुपनराज घिमीरे , अतिथिहरु पूर्व क्षेत्रिय सभापति नन्दराम कंडेल, पूर्व जिल्ला सदस्य नेमराज पौडेल, पूर्व रत्ननगरका नगर सभापति महेश रौनीयार, वडा नं. १का सभापति बाबुराम गौतम, नेपाल मा.वि.का प्राचार्य गोपाल शर्मा आचार्य, अकुराबका केन्द्रिय सदस्य तथा सामुदायिक रेडियो , रडियो अर्पण १०४.५ मेगाहर्जका कार्यकारी अध्यक्ष एवं अभियान टि.भि.का प्रबन्ध निर्देशक वेद प्रसाद आचार्य लगायतले सम्बोधन गर्नुभएको कार्यक्रममा उपस्थित सम्पूर्णले शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रम समाजका सहसचिव सुरेशचन्द्र आचार्यले संचालन गर्नुभएको थियो ।