IMG_20161115_135647
१ मंसीर
रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
रत्ननगर नगरपालिकाले सम्पादन गर्ने कार्यशैलीप्रति नगरवासीहरुले असन्तुष्टी व्यक्त गरेका छन ।
मंगलवार नगरपालिकाको आर्थिक बर्ष २०७३÷७४ को प्रथम चौमासिक अबधिको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी अधिकांश नगरका अगुवाहरुले नगरपालिकाको कार्यशैलीप्रति असन्तुष्टी व्यक्त गरेका हुन ।
IMG_20161115_135234
अगुवाहरुले सडक मर्मत तथा निर्माण,कृषि तथा पशुपालनको विकास,सडक बत्तीको विस्तार, ढल व्यवस्थापन, फोहोर व्यवस्थापन,सार्वजनिक जग्गा संरक्षणमा नगरपालिकाले आवश्यकता अनुसार काम गर्न नसकेको भन्दै गुनासो गरेका हुन ।
कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति वडा नं.८ का संयोजक ज्ञानेन्द्रराज पाण्डेले नगरपालिका भित्रका सार्वजनिक जग्गा संरक्षणको काम प्रभाबकारी हुन नसकेको भन्दै सार्वजनिक जग्गा भू माफियाहरुबाट जोगाउन संरक्षणको कामलाई तीब्र रुपमा अगाडि बढाउन सुझाब दिएका छन ।
मिलिजुली टोल विकास संस्थाका अध्यक्ष ज्ञानुप्रसाद पौडेलले आफ्नो क्षेत्र रहेका कतिपय सडकहरुमा १० बर्षमा १० टिप ग्रेवेल पनि नगरपालिकाले नहालेको आरोप लगाउनुभयो ।
IMG_20161115_144217
वडा नागरिक मञ्च वडा नं.१ का सहसंयोजक शालिग्राम पराजुलीले ढल फुटेर निस्किएको फोहोरका कारण बजार क्षेत्र दुर्गन्धित हुँदा पनि नगरपालिकाले व्यवस्थापनको लागि उपयुक्त कदम चाल्न नसकेको बताउनुभयो ।
कार्यक्रममा नवदुर्गा आमा समुहकी अध्यक्ष एञ्जिला कुँवरले नगरपालिकाप्रति असन्तुष्ट व्यक्त गर्नुभन्दा पनि राम्रो कामलाई स्वागत गर्ने र गलत हुन लागे खवरदारी गर्ने प्रचलनको विकास हुनुपर्ने धारण राख्नुभयो ।
IMG_20161115_162252
कार्यक्रममा व्यवसायिक पशुपालक कृषक समाज रत्ननगरका अध्यक्ष किशोर बगाले, वडा नागरिक मञ्च वडा नं. १४ की संयोजक विष्णु कुमारी कट्टेल, अमृतधारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष एकनारायण पौडेल, वडा नागरिक मञ्च वडा नम्वर ८ का संयोजक शिबकान्त पौडेल,अनामनगर टोल विकास संस्थाका अध्यक्ष सुर्यकुमार श्रेष्ठ लगायतले नगरपालिकाको कार्यसम्पादनप्रति जिज्ञासा राखेका थिए ।
IMG_20161115_163027
कार्यक्रममा योजना शाखा प्रमुख प्रकाश चन्द्र ढुङ्गाना, लेखा शाखा प्रमुख सीताराम पोखरेल,सामाजिक विकास शाखा प्रमुख तेजेन्द्रनाथ लामिछाने,सुचना शाखा प्रमुख लीलानाथ अर्यालले आआफना शाखा केन्द्रित भएर नगरवासीहरुबाट आएका जिज्ञासाहरुको जवाफ दिएका थिए ।
कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत काशिराम गैरेले नगरवासीबाट आएका गुनासोहरुलाई लिपिबद्ध गरी नगरपालिकाको कार्यसम्पादनलाई प्रभाबकारी बनाउन आफु लागिपर्ने बताउनुभयो ।

यसैबिच
रत्ननगर नगरपालिकाले आयोजना गरेको आर्थिक बर्ष २०७३÷७४ को प्रथम चौमासिक अबधिको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय मुख्य तिन दलका प्रतिनिधिले सहभागिता जनाएनन् ।
रत्ननगर नगरपालिकाले आयोजना गरेको दुई छुट्टा छुट्टै कार्यक्रममा नगर स्तरीय नेपाली कांग्रेस, नेकपा एमाले र माओबादी केन्द्रले सहभागिता नजनाएका हुन ।
विकास निर्माणको कामका बिषयमा जानकारी दिन नगरपालिकाले आयोजना गरेको कार्यक्रममा किन सहभागिता रहने भन्ने प्रश्नमा नेपाली कांग्रेसका रत्ननगरका नगर सभापति रुपनराज घिमिरेले आँफु व्यस्त भएकाले कार्यक्रममा जान नपाएको प्रतिक्रिया दिनुभयो ।
माओवादी केन्द्र रत्ननगरका इन्चार्ज राजु अम्गाईले भने मुख्य तिन पार्टीको आन्तरिक सहमतिमा कार्यक्रम बहिस्कार गरिएको बताउनुभएको छ ।
बहिस्कार गर्नुको कारण बारेमा सोधीएको जिज्ञासामा मुख्य तिनै पार्टीका नगरका नगरप्रमुखले स्पष्ट जवाफ दिन चाहनेन् ।
नगरपालिकाले मंगलवार आयोजना गरेको सार्वजनिक सुनुवाई तथा कार्तिक २९ गते सोमवारको सामाजिक परीक्षण कार्यक्रम मुख्य तिन दलले बहिस्कार गरेका हुन ।
तर रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशिराम गैरेले भने नगरपालिका र राजनीतिक दलहरुबीच कुनै पनि बैमनश्यता नरहेको स्पष्ट पार्नुभएको छ ।
आफु दलहरुसंग सहकार्य गरेर नगरको विकासको काममा अगाडि बढने उहाँले बताउनुभयो ।
नगरपालिकाका काम कारवाहिमा भएका गुनासा र असन्तुष्टिमाथि आँफु छलफल गर्न तयार रहेको समेत कार्यकारी अधिकृत गैरेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया