15284800_1518634654818360_4426618550326295842_n
महेश पाण्डे
२१ मंसीर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्रि बिमलेन्द्र निधिले प्रदेशका जिल्ला फेर बदलहुदैमा देश टुक्रिएको मान्नु गलत भएको बताएका छन् । रत्ननगर १३, चितवनमा रहेको श्री राम मन्दिर गुरुकुलमा मंसीर २१ देखी मंसीर २९ सम्म संस्कृत विद्यापिठ निर्माणर्थ सञ्चालन हुन लागेको श्रीमद भागवत तथा धन धान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्न पुगेका उनले बोल्ने क्रममा उक्त कुरा ब्यक्त गरेका हुन् ।
15284956_1518634791485013_3433478148674090459_n
राजनितीमा धर्म निरपक्षवादी भएतापनी आफु हिन्दुवादी भएकाले यस्ता कार्यक्रमा आउन मन लाग्ने बताउदै हिन्दु धर्मले सबैलाई समान रुपमा मान्य गरेको बताए । महाभारतमा पनि पांच गाउको चर्चा भएझैं हाल नेपालमा पनि ५ नं प्रदेशकोनै चर्चा रहेको बताउदै महाभारतमा जुक्ती लगाएझै यस समस्याको पनि समाधान गर्नुपर्ने बताए । उनले एउटै परिवारका दाजुभाई छुट्टिएर बस्दैमा घर फुटेको भन्न नमिल्ने साथै ७५ जिल्ला हुदैमा देश टुक्रिएको भनेर सोच्नु गलत भएको र यस्ता भ्रममा नपर्न र संबिधान संसोधनका पक्षमा लाग्न सबैमा आग्रह गरे । छोटो समय कार्यक्रममा रहेका निधीले महायज्ञको सफलताको शुभकामना ब्यक्त गर्दै केही सहयोग गर्नुपरे आफु तयार रहेको र यस्ता कार्यमा नेपाल सरकार सदैव सकारात्मक रहेको बताए । कार्यक्रममा आयोजकका तर्फबाट भेषराज दुवाडीले स्वागत मन्तव्य ब्यक्त गरेका थिय ।
15350635_1518635624818263_5561872929779201289_n
15317932_1518635411484951_4938873996477649054_n

तपाईको प्रतिक्रिया