pusparaj mainali
बिकास पौडेल
पुस –१, रत्ननगर , चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

चितवन स्थिति रत्ननगरमा रहेको श्री मोहना उच्च माध्यमिक बिद्यालय रत्ननगर– ६ को विहिवार सम्पन्न अभिभावक भेलाले पुस्पराज मैनाली को अध्यक्षतामा बिधयालय ब्यबस्थापन समितिको पुर्नगठन गरेको छ ।
pushpaa2
समितिको सदस्यहरुमा क्रमश विस्नुहरी देवकोटा , मेघनाथ पौडेल, पुसनी महतो, रेनुका खनाल, पार्वती पौडेल र सदस्य सचीवमा प्रधानाध्यापक रामकृष्ण सापकोटा रहनु भएको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका बिधालय निरिक्षक रामकृष्ण सिंखडाले
सम्पूर्ण अभिभावकलाई हप्तामा एक पटक त्यति पनि नसके महिनाको एक पटक बिधालयमा उपस्थित भएर आफ्नो बाबुनानिको शैक्षिक स्थिती बुझ्न र शिक्षकलाई सल्लाह सुझाव दिन आग्रह गर्नु भएको छ । एक फरक प्रसंगमा कुरा गर्दै सिंखडाले अहिले सामुदायिक बिधालयमा अभिभावकको कम उपस्थिती हुनु बिधालयमा राजनैतिक भागभवड हुने गरेको कारण वास्तविक अभिभावकको उपस्थिति कमभएको हो कि भन्ने जिज्ञासा समेत राख्नु भएको थियो । कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि , संघसंस्थाका प्रतिनिधि र अभिभावकहरूको उपस्थिति रहेको थियो । प्रधानाध्यापक रामकृष्ण सापकोटाले स्वागत मन्तव्य राख्नु भयो थियो भने निवर्तमान अध्यक्ष पदम वाग्लेको अध्यक्षतामा कार्यक्रम सम्पन् भएको थियो ।

तपाईको प्रतिक्रिया