

३ पौष, भण्डारा, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
राप्ति नगरपालिका वडा नं. ८ मा रहेको काशीरुपा निम्न माध्यामिक बिद्यालयमा चितवन मेडिकल कलेज भरतपुरमा कार्यरत बालरोग बिषेशज्ञ डा. सन्तोष पाठक नेतृत्वमा डा. सुसान्त अडिगा, डा. टेक बहादुर खड्का लगायतको टिमको सक्रिएतामा निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।

उक्त शिविरमा उपस्थित करिब २०० जना बिरामीको निशुल्क स्वास्थ्य परिक्षण तथा बिरामीलाई निशुल्क औषधी बितरण गरिएको थियो । काशीरुपा निम्न माध्यामिक बिद्यालयको आयोजना तथा चितवन मेडिकल कलेजको सहकार्यमा भएको उक्त कार्यक्रम बिद्यालयका प्रधानाध्यापक विशेश्वर प्रसाद लामाले सञ्चालन गरेका थिए भने कार्यक्रम बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईन्द्रजित प्रजाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
