महेश पाण्डे
१८ पौष, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
रत्ननगर वडा नं. ८ मा पर्ने बकुलहर देखी सौराहाचोकको मध्यभागबाट शिखर हार्डवेयर र सिद्धार्थ बैंक लिमीटेडको बिच हुदै पूर्व पश्चिम राजमार्गबाट उत्तर तर्फको श्री साई स्वर्णिम टोल बिकास संस्थापमार्ने बाटोको बिवाद बढ्दै गएपछि सो क्षेत्रमा रहेका कलेज, होटल लगाएत स्थानीयलाई असर परेको भन्दै सो टोल बिकास संस्थाले आज पत्रकार सम्मेलन गर्दै आफ्ना धारणहरु ब्यक्त गरेको छ । कार्यक्रममा प्रेस बिज्ञप्ति जारी गर्दै टोलका अध्यक्ष पर्रशुराम घिमीरेले सो बाटोको समस्या २ दशक देखी रहेको र शिखर हार्डवेयर रहेको घरका घर धनि बद्री कर्मचार्यले घर निमार्ण गर्दा पश्चिम तर्फ ग्रावेल कच्चीबाटो भनेर नक्सा पास गरे पनि हाल आएर उक्त चल्तीको बाटोलाई आफ्नो बाटो भन्दै पर्खाल लगाई टोल बासीलाईनै समस्यामा पारेको बताए । उनले उनै कर्मचार्यबाट उल्टै रत्ननगर नगरपालिका, नगरपालिकाका प्रमुख, टोलका अध्यक्ष र सचिव शिवकान्त न्यौपाने बिरुद्ध मुद्धा दर्ता गरेको र पौष ११ गतेको अदालतको फैषलामा पनि कर्मचार्यकोनै पक्षमा फैषला आएकोले सिंगो टोलनै समस्यामा परेको बताए । अदालतको फैषलाबाट आफुहरु निकै दुखीत र मर्माहत भएको र सो बाटो सांगुरो हुदा बिरामी लान र ल्याउन समस्या हुने, आगलागी भएमा दमकल समेत आउने ठांउ नभएको, शैक्षिक संस्था, होटल ब्यवसायहरु पनि यहि ठाउंमा भएकोले आवत जावतमा समस्या भएको बताए ।
कार्यक्रममा बार एसोसीयसनका पुर्व अध्यक्ष तथा उक्त बाटोको बिषयमा मुद्धा लडेका अधिवक्ता प्रकाश राज रेग्मीले कर्मचार्यले घर बनाउदा पूर्व तर्फ महेन्द्र राजमार्ग, पश्चिम तर्फ ग्राबेल बाटो भनेर नगरपालिका बाट प्रमाणीत गरेको साथै घर बनाउदानै बाटोको लागि २ मिटर आफु तिर छोड्ने र अर्को तर्फ २ मिटर अर्को जग्गावालाले छोड्ने साथै बाटो बाहेक १ मिटर छोडेर घर बनाउने सर्तमा नगरपालिकाबाट स्विकृत लीएको भएता पनि यसो नगरेको देखीदा देखीदै पनि र चलन चल्तीको बाटो भनि सकेपछि बाटो कहिलै बन्द नहुने कानुनी बेवस्था हुदा हुदै पनि अदालतबाट उल्टै कर्मचार्यको पक्षमा फैशला आउनु त्रुटीपुणर्, गंभिर र विवेक नपुर्याई गरिएको फैषला भएको बताए । उनले यदि यसो भएमा र बाटो बन्द हुने सम्मको अवस्था आएमा उक्त ठाउको बस्ति उजाड र समस्या ग्रस्त समेत हुने बताए । त्यस क्षेत्रमा ६ मिटर बाटो हुदा कसैलाई समस्या नहुने भन्दै टोलबाट ६ मिटर बाटो कायम गरि पाउ भनि अर्को मुद्धा हालिएकोले सो को फैषलाबाट समास्या समाधान हुनेमा आफु आसावादि रहेको र यसकालागि सिंगो पत्रकारीता जगतको पनि साथ चाहीने उनले बताए ।
कार्यक्रममा बोल्दै ने.क.पा. एमाले रत्ननगर अध्यक्ष बद्रि घिमीरेले कर्मचार्यले मुद्धा जितेपनि समाजलाई जित्न नसक्ने भएकोले सामाजिक भएर बाच्नुनै उपयुक्त भएको बताए । उनले मापदण्ड भन्दा अगाडिका कुरालाई यथावत राखि मापदण्ड आए पश्चातका कुरालाई लागुगर्नुपर्ने र आपसी समझदारीमा समस्याको समाधान गर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नगर सभापति रुपन राज घिमीरेले सुरु देखीनै आफु यो घटनाको नजिक भएकाले टोल बासीको दृष्टिकोणमा आफु सहमत भएको र त्यस क्षेत्रमा ब्यवसायीक, शैक्षिक हरेक दृष्टिकोणले बिकास भएको तर यही बाटोको कारणले समस्या भएकोले यसलाई चाडो भन्दा चाडो निकास दिन कर्मचार्य तयार हुनुपर्ने बताए ।
कार्यक्रममा श्री साई टोल बिकास संस्थाका अध्यक्ष पर्रशुराम घिमीरे, सचिव शिवकान्त न्यौपाने, नेपाली कांगे्रसका नगर सभापति रुपनराज घिमीरे, ने.क.पा. एमालेका रत्ननगरका अध्यक्ष बद्रि घिमीरे, ने.क.पा. एमालेका रत्ननगरका पुर्व अध्यक्ष यादव पाठक, वडा नं. ८ का सचिव खगनाथ पराजुली, वडा नं. ८ का टोल सुधार समन्वय समितीका संयोजक ज्ञानेन्द्र राज पाण्डे, वडा नं. ८ वडा नागरिक मञ्चकी संयोजक पार्वती रावल, क्वेष्ट मोडल कलेजका प्राचार्य जगदिश चन्द्र शर्मा, हंश मनोरञ्जन केन्द्रका सञ्चालक निरञ्जन रेग्मी, टोल बिकास संस्थाका पदाधीकारी तथा टोलबासीहरुको उपस्थिती रहेको थियो ।