IMG_2920
महशे पाण्डे
१८ पौष, चितवन
नेपालीको आवाज अनलाई न्युज डेस्क

संघीय समाजवादी फोरम नेपालको भातृ संगठन संघीय समाजवादी महिला फोरम नेपाल, चितवन शाखाको आयोजनामा रत्ननगरमा भएको भेलाबाट १३ सदस्यीय महिला किमीटी चितवन शाखा गठन गरिएको छ । सो भेलाबाट गठित समितीको अध्यक्षमा राधिका माझी, उपाध्यक्षमा हिरामती देवी, सचिवमा उषा गुप्ता, सह–सचिवमा जानुका भुषाल, कोषाध्यक्षमा शोभा गुप्ता, सदस्यहरुमा क्रमशः फुलकुमारी महत्तो, सन्त्रेषा महत्तो, बिमला आले मगर, पवीत्री ठाकुर, रमा ठाकुर, श्रीमन भुजेल, श्री मति देवी कुमार, शान्तिमाया कुमाल रहेका छन् ।
IMG_2921
कार्यक्रममा प्रमुख अतिथीको रुपमा संघीय समाजवादी फोरम नेपालकी केन्द्रिय सदस्य तथा महिला फोरमकी केन्द्रिय अध्यक्ष निर्मला यादव, बिशिष्ट अतिथीमा क्रमशः केन्द्रिय परिषद सदस्य तथा महिला केन्द्रिय उपाध्यक्ष शसि लिङ्देन, केन्द्रिय परिषद सदस्य गणेश गिरी त्यस्तै अन्य अतिथीहरुमा संघीय समाजवादी फोरम नेपालका चितवन जिल्ला अध्यक्ष प्रेम भुजेल, जिल्ला उपाध्यक्ष अजय निरौला, जिल्ला उपाध्यक्ष राधिका माझी, महिला फोरमकी केन्द्रीय सदस्य सुस्मिता थापा लगाएतका रहेका थिय । कार्यक्रम संस्थाकी अध्यक्ष विमला मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया