
महेश पाण्डे
१ माघ, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
आफु भन्दा कम भाग्यमानीको सेवा गर्ने लायन्स ईन्टरनेशनलको उद्देश्य अनुरुप लायन्स क्लबका जन्मदाता मेलभीन जोन्सको जन्म दिन पारेर लायन्स क्लब अफ रत्ननगर मिड नेपालको आयोजनामा शुक्रबार नेपाल मा.वी., टांडीमा रहेका बौद्धीक अपाङ्ग एकाईमा अध्ययनरत २८ जना सुस्थ मनस्थीतीका बाल बालीकालाई १ वर्षसम्म पुग्ने अनुमान गरि शैक्षिक सामाग्री तथा चकलेट बितरण गरिएको छ ।
कार्यक्रममा बालबालीकाका तर्फबाट बोल्ने अभिभावक मध्यका एक ईन्द्र प्रसाद चालीसेले भने “कहिले काहीं यी किन जन्मीए होलान, घाटीनै निमोठेर मार्दिउकी जस्तो पनि लाग्थ्यो तर बास्तवमा यी त भगवानका रुप रहेछन किनकी नत यीनीहरु भोक लागेको बेलामा बोल्छन्, नत केही गर्न सक्छन् निकै सन्तोकी हुन्छन ।” चालीसेले यीनलाई हामी बाचुन्जेल त हामीले हुर्काउला हामी नरहे के होला भन्ने प्रश्न गर्दा सबैका आंखा रसाएका थिए । उनले आफुहरुको शेषपछि पनि यदि कुनै यीनीहरुको सेवा गर्ने संस्था बनाउन पाएमा त्यहि नै ठुलौ उपलब्धी हुने कुरा ब्यक्त गरे ।
त्यस्तै अर्का वक्ता लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रीक ३२५ बि २ नेपालका जोन चियरपर्शन लायन राम कुमार तिवारीले आफ्नो घरमा पनि २५ वर्षको सुस्थ मनस्थीकी छोरी छिन कसैले कठै भनेको सुन्दा रिस उठ्ने कुरा ब्यक्त गर्दै यसमा उनले भने हामीलाई यस्ता बाल बालीकाको लागी दया होईन भविष्यमा कसरी स्याहार गर्ने चिन्ता हुने हुदा यसका लागि सबैले सोच्नुपर्ने र मिडिया बाट पनि यी कुरा बाहिर आउन आवश्यक भएको बताए ।
कार्यक्रममा अतिथीका रुपमा लायन्स क्लब अफ रत्ननगर पिसका अध्यक्ष कृष्ण लाल श्रेष्ठ, लायन्स क्लब अफ चितवन राईनो सिटीका अध्यक्ष उमेश गिरी, बिशिष्ट अतिथीका रुपमा क्रमशः उई प्रो ईन्टरप्राईजका सहायक बजार ब्यवस्थापक नितेश त्रिपाठी, नेपाल मा.वीका प्रधानाध्यापक गोपाल शर्मा आचार्य, विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष कृष्ण प्रसाद अधिकारी, जोन चियर पर्शन राम कुमार तिवारी, एरिया को चिफ निरज श्रेष्ठ र प्रमुख अतिथीको रुपमा लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रीक ३२५ बि २ नेपालका डिसिट्रक कोषाध्यक्ष हरि प्रसाद घिमीरे लगाएतका रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी घिमीरेले लायन्स क्लब सधै सामाजिक सेवामा लाग्ने संस्था भएकोले बौद्धिक अपाङ्ग भएका बाल बालीकालागी डिस्ट्रीकको तर्फबाट गर्नुपर्ने हरेक सहयोगको लागि आफुहरु तयार रहेको बताए ।
कार्यक्रममा कार्यक्रमका संयोजक विष्णु श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम लायन्स क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष शुरेस चन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।