15202562_1092230764231335_161126267352348432_n
केदार शर्मा
२ माघ, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
चितवनको गौरव र गरिमामय पस्तुति भन्ने नाराका साथ सुरु भएको चितवन महोत्सव ५ औ दिन पनि जारि रहेको छ । चितवन महोत्सव ५ औ दिन शनिवार सम्म आई पुग्दा सबै भन्दा बडी अर्थात ४५ हजारको हारा–हारीमा दर्शकले महोत्सव अबलोकन गरेको महोत्सव मूल व्यवस्थापन समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले जानकारी दिए । महोत्सव सुरु भएपछिको सबैभन्दा बढी दर्शक आज उपस्थित भएका हुन् । ११ औँ चितवन महोत्सव नारायणगढको नारायणी नदी किनारमा सञ्चालन भएको छ ।
शनिबार र माघे संक्रान्ति मेला एकै दिन परेका हुनाले समेत महोत्सवमा दर्शकको भीड बढेको गौतमको भनाइ छ । शनिबार दर्शकको भीड अत्यधिक भएकोले दोस्रो गेट समेत खोलेर दर्शकहरुलाई महोत्सव स्थलमा प्रवेश गर्ने वतावरण गराइएको थियो । महोत्सव अन्तर्गत आज कविता गोष्ठी हुने गोष्ठी तथा सेमिनार समितिका सदस्य सचिव दिपकराज विष्टले जानकारी दिए ।
यता चितवन महोत्सवको परिसर भित्र आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । रोटरी क्लब अफ नारायणी मिडटाउन, द आर्ट अफ लिभिङ र रोट्याक्ट क्लब अफप नारायणी मिड टाउनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । प्रत्येक पटक आयोजना हुने चितवन महोत्सवमा रोटरी क्लबले रक्तदान कार्यक्रम गर्दै आएकोले सोही कार्यक्रमलाई निरन्तरता दिइएको रोटरी क्लब अफ नारायणी मिड टाउनकी अध्यक्ष छाया श्रेष्ठले जानकारी दिइन् । महोत्सव परिसरमा आएका व्यक्तिहरुलाई समाहित गरेर रक्तदान कार्यक्रमको आयोजना गर्दा महोत्सवमा उपस्थित भएका दर्शकहरुलाई रक्तदान गर्नुपर्छ भन्ने चेतनाको वृद्धि हुने भएकोले समेत रक्तदान कार्यक्रम गरिएको श्रेष्ठले बताइन् ।
15965975_10211031878528874_4085371889065002712_n
यता ११ औँ चितवन महोत्सवको ५ औ दिन हास्य कलाकार जीतु नेपाल मुन्द्रले आफ्नो प्रहसन मार्फत मनोरञ्जन प्रदान गरेका छन् । मुन्द्रेसँगै उक्त महोत्सवमा लोक तथा दोहोरी गायक प्रजापति पराजुलीले दर्शकहरुलाई भजन चुड्का मार्फत छमछमी नचाएका थिए ।
सांगितिक खेल तर्फ पुस २८ देखि सुरु भएको लोक तथा दोहोरी गीत प्रतियोगितामा शनिबार सेमी फाइलन चरणको पहिलो प्रतिस्पर्धा भएको छ । शनिबार लोक तथा दाहोरी गीत प्रतिष्ठान बागलुङ र लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जाकोबीचमा पहिलो चरणको सेमी फाइनलको प्रतिस्पर्धा भएको छ त्यस्तै, आज लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देही र लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनबीच अर्को सेमी फाइनलको खेल हुने सांसकृति व्यवस्थापन समिति संयोजक रोहित कुमार श्रेष्ठले जानकारी दिएका छन् । महोत्सव माघ ५ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ । महोत्सव अबधी भर पाँच लाख दर्शकले अवलोकन गर्ने तथा २० करोड रुपैयाँको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ । उद्योग वाणिज्य संघ चितवन, भरतपुर उपमहानगरपालिका र जिल्ला विकास समिति चितवन आयोजकको रुपमा रहेको महोत्सवमा सिमान्तकृत समुदायका विभिन्न सात वटा विशेष स्टल तथा अन्य पाँच सय वटा व्यापारिक स्टलहरु रहेका महोत्सव मूल आयोजक समितिका संयोजक राजन गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया