
केदार शर्मा
३ माघ, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
पुर्बि चितवनको कालिका नगरपालिका ८ सुर्यपुरमा रहेको राष्ट्रिय प्राथमिक बिद्यालय शमीपुर परिसरमा आईतबार बाट श्रीमद्भागवत धनधाञ्याचल महायज्ञ सुरु भएको छ । महायज्ञको सांसद शेषनाथ अधिकारिले उद्घाटन गर्नु भएको थियो । अधिकारिले महायज्ञ उद्घाटनगर्दै आगामि बर्षको सांसद बिकास कोषको १० लाख रुपैया बिद्यालयलाई सहयोग गर्ने बताउनु भयो ।
“ सेवा गरे शरीर पबित्र, दान गरे धन पवित्र सत्य बोले मन पवित्र” भन्ने नारा सहित राष्ट्रिय प्राथमिक बिद्यालय शमीपुरले अङ्ग्रेजी माध्यममा निमाबि सञ्चालर्नाथ, भौतिक तथा शैक्ष्ँिक पुर्वाधार निर्माण एवम सरस्वती मन्दिर निर्माण सहयोर्गाथ गर्ने उद्येश्यका साथ श्रीमद्भागवत धनधाञ्याचल महायज्ञ सुरु भएको हो ।
माघ १० गते सम्म संचालन हुने महायज्ञमा पं.श्री बालाकृष्ण आर्यालको मुखारविन्दबाट भागवत वाचन गर्नु हुने छ । महायज्ञबाट १ करोड २५ लाखसंकलन गर्ने लक्ष्य लिईएको छ । राष्ट्रिय प्राथमिक बिद्यालय शमीपुरका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सोम बहादुर खड्काका अनुसार सुर्यपुर चितवनको भौतिक पुर्वाधार हरु सरस्वती मन्दिर निर्माण,जीर्ण भवन मर्मतसम्भार ,पुस्तकालय,कम्प्युटर कक्षा,बिज्ञान प्रयोगशाला, चमेरा गृह आदिको ब्यबस्था साथै अङग्रेजी माध्यममा निमावि सञ्चालन योजना रहेको छ । धनधाञ्याचल महायज्ञामा उपस्थीत भई पुण्य कमाउनसमितिले भक्तजनहरुलाई निमन्त्रणा पनि गरेको छ ।