केदार शर्मा
३ माघ, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनले पौष महिनामा झण्डै २८ लाख बराबर राजश्व संकलन गरेको छ । ट्राफिक नियमहरुको पालना नगर्ने ६ सय ९० वटा साना तथा ठूला सवारीलाई चेक जाँच गरी कारवाहि स्वरुप २७ लाख ९४ हजार रकम संकलन गरीएको जिल्ला ट्राफीक प्रहरी कार्यलय चितवन अन्र्तगत रहेको अस्थाई ट्राफीक पोष्ट टांडीका असई उमेश महत्तोले जानकारी दिए । साथै उनले हालका दिनमा सिट क्षमता भन्दा बढि राखी गाडी चलाउनेलाई पनि कार्वाही थालेको बताए ।
जसमध्ये सबैभन्दा धेरै ट्रक, कार तथा जिप कारबाहिमा परेका छन् । १ महिनाको अबधिमा ९सय ६० ट्रक तथा ९ सय ५ कार जिप कारबाहिमा परेका छन् भने उनिहरुबाट १२ लाख ९७ हजार ५ सय राजश्व संकलन भएको छ ।
traffic_police1
त्यस्तै ४ सय ८ बसको कारवाहिबाट ३ लाख २९ हजार ,१ सय ६८ टेक्टर बाट १ लाख ३८ हजार ५ सय,१ हजार १ सय ७८ मोटर साईकल कारवाहिबाट९ लाख ४२ हजार र अन्य १ सय ३१ वटा बाट ९५ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । पछिल्लो समय दिनहु जसो छड्के चेकिङ्ग र ट्राफिकको सक्रियताको कारण दुर्घटनामा समेत कमी आउन थालेको जिल्ला ट्राफिक कार्यलय चितवनका ट्राफिक प्रमुख सन्तोष पन्तले जानकारि दिए । आफुहरुको सक्रियताको कारण लापरवाहि गर्ने चालकहरुलाई अपराध सम्बन्धी सावर्बजनिक मुद्धा समेत चलाईएको उनले बताए । चितवनमा प्रायजसो सबारी साधन अनुमति पत्र लाईसेन्स नभई सबारी साधन चलाउनेहरु कारवाहिमा परेका छन् । त्यस्तै क्षमता भन्दा वढी सामान तथा यात्रु वोक्ने, मादक पदार्थ सेवनगरी सवारी चलाउने, समयमा सवारी मर्मत नगराउने र सवारीको अवस्था राम्रो नभएका चालक हरुलाई कारवाही गरीएको समेत प्रहरीले जनाएको छ । यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यलयले आफ्नो सक्रियता बढाउनको लागि बिभिन्न जनचेतना मुलक कार्यक्रम समेत थालेको छ

तपाईको प्रतिक्रिया