
महेश पाण्डे
१० माघ, चितवन
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क
“साना देखी ठुला सम्म, स्वेदेस देखी प्रदेश सम्म हरेक नेपालीले हर्नैपर्ने चलचीत्र मेरो देश” भन्ने नाराका साथ चलचीत्र मेरो देश फागुन ६ गतबाटे देशभरका सिनेमाहलहरुमा प्रदर्शन हुने चलचीत्रका कार्यकारी निर्माता उदय सापकोटाले आईतबार चितवनमा पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् ।
ब्रोसिस ईन्टरटेनमेन्टको निर्माणमा बेनको उक्त चलचीत्र काठमाण्डौ, सिन्धुली, महोत्तरी, सर्लाही, बारा लगाएतका ठाउमा सुटिङ गरिएको छ भने प्रभाकर सापकोटा र पार्वती मैनाली यसका निर्माता रहेका छन् । चलचित्रले देशमा देखीएको अपारर्दर्शीतालाई चिर्न बौद्धीक आन्दोलन हुन आवश्यक छ भन्ने सन्देश सहितको भएको र यसले समग्र पत्रकारीता जगतको प्रतिनिधित्व गरेको निर्माता सापकोटाले जानकारी दिए । करिब ५५ लाखमा निर्माण भएको उक्त चलचित्रमा आयुष रिजाल, निशा अधिकारी, ध्रुव कोईराला, निर शाह लगाएतको अभिनय रहेको छ भने चलचित्रमा देव नेपालको निर्देशन रहेको छ ।
चलचित्र मेरो देश सापकोटाको पहिलो फिल्म हो भने उनि चन्द्रनिगाहपुरमा रहेको ब्रोसिस चलचीत्र मन्दिरर होटल उदय प्लाजाका सञ्चालक समेत रहेका छन् ।