
महेश पाण्डे
१९ माघ, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
“प्राविधीक शिक्षा-व्यक्तित्व बिकास र राष्ट्र निर्माणको मेरुदण्ड” भन्ने नाराका साथ स्थापना भएको क्याम्ब्रीज ईन्स्टीच्युट अफ टेक्नोलोजीले आफ्नो नवौं शाखा चितवनको भरतपुर ओरालो होटल रोयल सेन्चुरी अगाडी सरस्वती पुजाको दिन पारेर शुभारम्भ गरेको छ । काठमाण्डौको बागबजारमा मुख्य कार्यलय रहेको क्याम्ब्रीजले जोरपाटी, बिर्तामोड, दमक, ईटहरी, बिराटनगर, धरान, मोरङ्, ईलाम हुदै बुधवार होटल रोयल सेन्चुरीको सभाहलमा एक कार्यक्रमको आयोजना गरि चितवन शाखाको शुभारम्भ गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा ईक्यान चितवनका अध्यक्ष जिवन रिजाल, बिशिष्ट अतिथीमा ईक्यान चितवनका निवर्तमान अध्यक्ष सोम बहादुर धिताल अतिथीहरुमा क्रमशः बिरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोबिन्द सापकोटा, ईक्यान चितवनका उपाध्यक्ष भानुभक्त खरेल, ईक्यान चितवनका सचिव हिक्मत पुरी, ईक्यान चितवनका कोषाध्यक्ष रबिन रेग्मी, क्याम्ब्रीज ईन्स्टीच्युट अफ टेक्नोलोेजी चितवन ब्रान्चकी शाखा प्रमुख वर्षा बिष्ट लगाएतका रहेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले क्याम्ब्रीजलाई बधाईका साथमा शैक्षिक परामर्श दाताको भिडमा नया संस्था थपीएकोले यसले बिद्यार्थीहरुलाई सहि र सरल रुपमा परामर्श दिनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा संस्थाका संस्थापक तथा प्रमुख शिसिर सिंखडाले क्याम्ब्रीजले हालसम्म दुई हजार भन्दा बढि बिद्यार्थीहरुलाई अष्टेलिया, न्युजिल्याण्ड, अमेरीका, ईण्डिया लगाएतका ठाउमा पठाईसकोे र संस्थाबाट बिद्यार्थीको लागि IELTS/TOFEL/GRE/GMAT/SAT लगायतका कक्षाहरुपनी सञ्चालन गर्दै आएको जानकारी दिए । कार्यक्रम संस्थाका संस्थापक तथा प्रमुख शिसिर सिंखडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।















