२७ माघ, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

काठमाण्डौ र पोखरा पछि चितवन पनि लोड सेडिङ् मुक्त जिल्ला घोषणा भएको छ । बिहिवार नेपाल बिद्युत प्राधीकरण टांडी बितरण केन्द्रले पत्रकार सम्मेलन गरि प्रेष बिज्ञप्ती जारी गर्दै सोको बारेमा जानकारी दिएको हो । टांडी केन्द्रका प्रमुख शुरेस कुमार महत्वोद्धारा जारी विज्ञप्तीमा नेपाल सरकारको उज्यालो नेपाल अभियानलाई सफल पार्न उर्जा मन्त्रालयको निर्देशन तथा नेपाल बिद्युत प्राधीकरणको लक्ष्य अनुसार नेपाललाई क्रमिक रुपले लोड सेडीङ मुक्त गर्ने सिलसिलामा प्रथम चरणमा काठमाण्डौ उपत्यका, दोश्रो चरणमा पोखरा लोड सेडीङ मुक्त गरि सकेको र हाल चितवन जिल्लालाई पनि लोड सेडीङ मुक्त गर्ने नेपाल विद्युत प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसीङज्यू को निर्देशन बमोजिम चितवन जिल्ला पनि लोड सेडीङ मुक्त जिल्ला भएको उल्लेख गरिएको छ ।
2
माघ २२ गते देखीनै निकै कम लोड सेडीङ भएको चितवनमा प्राविधिक कारणले बाहेक अब उपरान्त लाईन नकाटीने र चितवन जिल्लाका लागि लोड सेडीङ तालीकापनि नआउने महत्तोले जानकारी दिए । उनका अनुशार ११ केभिए औद्योगीक फिडरबाट सञ्चालीत (भरतपुर वरपरका क्षेत्रमा कलकारखानाका लागि सञ्चालीत प्राईभेट ट्रान्सफरमर भएका ग्राहक) फिडर बाहेकमा मात्र यो सुबिधा दिईएको छ । प्रधानमन्त्री पुष्पकमल दाहलले केहि दिन अघि पौष २६ गते चितवन महोत्सवमा चितवन एक हप्ता भित्रमा लोड सेडीङ मुक्त हुने भाषण गरेता पनि केहि ढिला गरि चितवनलाई लोड सेडीङ मुक्त घोषण गरिएको हो ।
IMG_20170209_154543
महेश पाण्डे

तपाईको प्रतिक्रिया