२ फागुन, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
पुर्वी चितवनमा रहेका बिभिन्न मिडियामा आवद्ध पत्रकारको साझा संगठन पुर्वी चितवन पत्रकार मञ्चको आईतवार बनभोज तथा अधिवेसन पञ्चकन्या सामुदायीक वनको पिकनीक स्थलमा सम्पन्न भएको छ । अधिवेसनबाट मञ्चका अध्यक्ष होमनाथ सापकोटा पुनः अध्यक्ष पदमानै निर्वीरोध चयन भएका छन् । । १५ सदस्यीय गठित समितिको उपाध्यमा राजेन्द्र आचार्य, अनिता अर्याल, सचिवमा धु्रवराज खनाल, सह–सचिवमा विकास पौडेल र सुजिता हमाल र कोषाध्यक्षमा संगीता आचार्य सर्वसम्मत रुपमा चयन भएका हुन् ।
यस्तै सदस्यहरुमा महेश पाण्डे, रामु आचार्य, रमेश रानामगर, अनुपा गुरुङ, संजय चौधरी, ध्रुवराज लामिछाने, सरस्वती लामा र सुजन प्रेमी रहेका छन् ।
यसअघि भएको औपचारिक कार्यक्रममा मंचका संस्थापक अध्यक्ष केपीकिरण शर्मा, प्रेस चौतरीका केन्द्रीय सदस्य एवंम मंचका सल्लाहकार शिशिर सिंखडा, प्रेस युनियन चितवनकी सदस्य अनिता अर्याल, प्रेस सेन्टर चितवनका सचिव राजेन्द्र आचार्य, नेपाल आदिवासी जनजाति पत्रकार (फोनिज) चितवनका अध्यक्ष सन्तकुमार चौधरी, पूर्वी चितवनका अग्रज पत्रकार केशव भट्टराई, रिपोर्टर्स क्लव नेपाल चितवनका अध्यक्ष राजु चौधरी, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष ज्ञानबहादुर विशुराल,पुर्वी चितवन कुखुरा ब्यवसाययी मञ्चका अध्यक्ष रघुनाथ भट्टलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।