
महेश पाण्डे
४ फागुन, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
पल्पी जुसको उत्पादक कम्पनी युनाईटेड बेभरेज प्रा.ली.ले मंगलवार पत्रकार सम्मेलन मार्फत प्रेष बिज्ञप्ती जारी गर्दै कम्पनि नया व्यवस्थपानका साथ आफ्ना उत्पादनलाई लिएर अन्तराष्ट्रिय बजारमा पनि जाने जानकारी दिएको छ । कम्पनिका अध्यक्ष कृष्ण प्रसाद अधिकारीद्धारा जारि बिज्ञप्तिमा बि.सं २०६९ सालमा ८ करोडको पुजीबाट रत्ननगर–८ मा सुरु भएको यो उद्योगले नया लागनीकर्तालाई पनि साथमा लिएर पुजी बृद्धि गर्दै २० करोड बनाई नेपालका सबै जसो भाग र छिमेकी देश भारत र चिनमा समेत आफ्ना उत्पादनलाई पुर्याउने लक्ष्य लिदै हाल भई रहेका ७ जना सेयर सदस्यमा थप तथा समायोजन गरि विष्णु प्रसाद खनाल, गजेन्द्र अधिकारी तथा युथ भिजन ईन्भेष्टमेन्ट प्रा.ली लाई पनि थप गरेको जनाएको छ ।
अधिकारीद्धारा जारि बिज्ञप्तिमा कम्पनिबाट उत्पादीत लिची जुसको माग अत्याधिक रहेकोले नया मेसीन खरिद गरिएको, निकट भविष्यमा मिनीरल वाटर पनि उत्पादन गर्न लागिएको, ट्रेटा प्याकको माग भएकोले सोको मेसिन खरिद गरिएको, नया मेसिनका लागि चैनपुर–१ म १० कठ्ठा जमिन खरिद गरिएको, कम्पनिबाट आगामि बर्षबाट जाम लगाएत खाद्य बस्तुहरु उत्पादन गर्न लागिएको र हाल पल्पि जुसका ६५ वटा डिलर रहेकोमा यसलाई बढाएर १५० भन्दा बढि बनाउन लागिएको जनाईएको छ ।
त्यस्तै अर्का सञ्चालक मध्यका एक भेषराज दुवाडीले संस्था स्थापना भए लगत्तै महा भुकम्प तथा नाकाबन्दिको प्रभाव भोग्न परे पनि अबका दिनमा देशको अवस्था राम्रो हुदै गएकाले कम्पनिद्धारा उत्पादित जुसलाई अन्तराष्ट्रिय बजारमा लान लागेको बताउदै यसका लागि उच्चतम प्रविधी तथा दक्ष प्रावीधिकको प्रयोग गरिएकोे बताए ।
नया सेयर सदस्यका रुपमा थपीएको कम्पनि युथ भिजन ईन्भेष्टमेन्ट प्रा.लीका सञ्चालक ईश्वरि प्रसाद अधिकारीले चितवनबाट बिदेशमा रहेका १० जना साथीहरुबाट स्थापीत युथ भिजनले चितवनमा पनि केहि गर्नुपर्छ र यहिनै रोजगारिको पनि सिर्जना गर्नुपर्छ भन्ने सोच अनुरुपनै आफुहरु युनाटेड बेभरेजमा सहकार्य गर्न आएको भन्दै अध्यक्ष कृष्ण प्रसाद अधिकारीलाई पहिलो किस्ता स्वरुप रु २५ लाखको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका चितवन उद्योग संघका भिम बहादुर पाण्डेले उद्योग नभई रोजगारिको सिर्जना हुदैन त्यसैले उद्योगलाई अगाडि बढाउनु पर्छ भन्ने सोच चितनव उद्योग संघले लिएको बताउदै चितवनमा हाल १२०० उद्योग दर्ता भएको र भण्डै ८० हजारले रोजगारी पाएको बताए । कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।