महेश पाण्डे
१४ फागुन, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
असाहाय चेलीको लागि बि.सं. २०६८ सालमा ९ जना चेलीबाट रत्ननगर–१२ मा सञ्चालीत संस्था हो सानो घर जसमा अहिले १३ जना चेलीहरु बस्छन् । यीनै चेलीहरुलाई केही सहयोग होस भन्ने सोच अनुरुप शनिवार छुट्टा छुट्टै कार्यक्रम गरि सामाजीक कार्यमा क्रियासील संस्था लायन्स क्लब अफ रत्ननगर मिन नेपालले कम्प्युटर तथा लायन्स क्लब अफ चितवन राईनो सिटीले कुखुराको खोर र २०० वटा ब्रोईलर चल्ला हस्तान्तरण गरेका छन् ।
सानो घरमा रहका चेलीहरुलाई सानै देखीनै कम्प्युटरको बारेमा ज्ञान दिन सकियोस भनेर कम्प्युटर प्रदान गरिएको लायन्स क्लब अफ रतननगर मिड नेपालका सह कोषध्यक्ष तथा सो कार्यक्रमका संयोजक किशोर चालीसेले जानकारी दिए ।
त्यस्तै कुखुराको खोर र २०० वटा ब्रोईलर चल्ला हस्तान्तर कार्यक्रमको आयोजक संस्था लायन्स क्लब अफ चितवन राईनो सिटीका पुर्व अध्यक्ष तथा सो कार्यक्रमका संयोजक निरज श्रेष्ठले सानो घरको नियमीत आयोश्रोतको लागि क्लबका सदस्यहरुको सहयोगमा करिब १ लाखको लगानीमा कुुखुराको खोर निर्माण गरि चल्ला पनि प्रदान गरिएको जानकारी दिए ।
दुवै कार्यक्रममा प्रमुख अतिथीको रुममा लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ का डिष्ट्रिक गर्भनर एम.जे.एफ लायन घनश्याम भट्टराई, बिशिष्ट अतिथीको रुपमा लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ का डिष्ट्रिक ट्रेजरर हरि प्रसाद घिमीरे, रत्ननगर उद्योग बाणीज्य संघका अध्यक्ष ज्ञान बहादुर बिसुराल त्यस्तै अतिथीका रुपमा क्रमशः एरिया को चिफ कोर्डीनेटर निरज श्रेष्ठ, डिस्ट्रीक कोर्डीनेटर दिपेन्द्र खतिवडा, एरिया कोर्डीनेटर राजाराम रेग्मी, रत्ननगर उद्योग वाणीज्य संघका उपाध्यक्ष तथा कुखुरा ब्यवसायी संघ पुर्वी चितवनका अध्यक्ष भिम नारायण श्रेष्ठ, सानो घरकी सञ्चलीका बिमला श्रेष्ठ, लायन्स क्लब अफ रत्ननगका अध्यक्ष शिवलाल श्रेष्ठ, लायन्स क्लब अफ रत्ननगर पिसका अध्यक्ष कृष्ण लाल श्रेष्ठ, लायन्स क्लब अफ रत्ननगर बेल्सीका सचिब मधुर नेपाल, पशुसेवा कार्यलय रत्ननगरका प्रमुख शालीकराम पौडेल, रत्ननगर नगरपालीका प्रशासन शाखा प्रमुख चन्द्र मणी आचार्य, पुर्वी चितवन पत्रकार मञ्चका सचीव ध्रुवराज खनाल लगाएतका रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी घनश्याम भट्टराईले लायन्स क्लबहरु सामाजीक सेवामा तल्लीन हुनलाई जन्मीएका हुन त्यसैले आफु भन्दा कम भाग्यमानीको सेवामा लाग्न सधै तत्पर रहनु पर्ने कुरामा जोड दिदै सानो घरका लागि लायन्स क्लब अफ रत्ननगर मिड नेपाल तथा लायन्स क्लब अफ चितवन राईनो सिटीले गरको कार्यको प्रशंसा गर्दै पुर्वी चितवनमा रहेर यी दुई क्लले उत्कृष्ट कार्यहरु गरिरहेको मा आफु निकै गौरभान्वीत रहेको र सबैजना यसरीनै असहाय असक्तको सेवामा सधै लाग्न आग्रह समेत गरे ।
कम्प्युटर हस्तान्तरण कार्यक्रम लायन्स क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष शुरेस चन्द्र आचार्य तथा खोर तथा चल्ला हस्तान्तरण कार्यक्रम लायन्स क्लब अफ चितवन राईनो सिटीका अध्यक्ष उमेश गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।